पोखरा । चलचित्र पत्रकार संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको छ ।
विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका नेपाल प्रहरी र ट्राफिकलाई सहयोगस्वरुप सेनिटाइजर वितरण गरिएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराए ।
गिरी सहित संघका सह—सचिव सन्तोष बस्याल,सदस्य आशिष पुरी, सदस्य प्रेम थापाको सहभागितामा ८ लिटर सेनिटाइजर वितरण गरिएको हो ।
प्राप्त सेनिटाइजरलाई ट्राफिक प्रहरी, बैदाम प्रहरी र जिल्ला प्रहरी कार्यालयमै प्रयोग गरिने प्रवत्ता राजकुमार केसीले बताए ।
चलचित्र पत्रकार संघ कास्कीले सह्रानिय काम गरेको बताउँदै प्रवत्ता केसीले महामारीको रुपमा फैलिएको कोरोनाका रोकथामका लागि सेनिटाइजर प्रयोग आफुहरुले आवश्यक मात्रमा प्रयोग गर्ने बताए ।
“काठमाडौंमा कोरोनाको संक्रमण भेटिएसँगै पोखरामा समेत नआउला भन्न सकिदैन, त्यसैले उच्च सर्तकताका साथ घरमै बस्न आम नागरिकलाई अनुरोध गर्छौ”—उनले भने ।
सेनिटाइजर होममेड सेनिटाइजर फार्मेसिस्ट शान्ती उदासको प्रशिक्षणको आधारमा तयार गरिएको गिरीले बताए । चलचित्र पत्रकार संघले मनोरञ्जनात्मक कार्यक्रमलाई मात्र ध्यानमा नराखी सामाजका हरेक गतिविधिमा सहयोग गर्ने गिरीको प्रतिबद्धता थियो ।
उनले कोरोना जस्तो महामारीमा संघबाट सेनिटाइजर सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।
सेनिटाइजरको सहि प्रयोग गरी जोखिमबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन प्रहरीलाई उनको आग्रह थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो