चलचित्र पत्रकार संघ कास्कीद्वारा प्रहरीलाई सेनिटाइजर सहयोग

चलचित्र पत्रकार संघ कास्कीद्वारा प्रहरीलाई सेनिटाइजर सहयोग

received_662911237778163

पोखरा । चलचित्र पत्रकार संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको छ ।

विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका नेपाल प्रहरी र ट्राफिकलाई सहयोगस्वरुप सेनिटाइजर वितरण गरिएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराए ।

गिरी सहित संघका सह—सचिव सन्तोष बस्याल,सदस्य आशिष पुरी, सदस्य प्रेम थापाको सहभागितामा ८ लिटर सेनिटाइजर वितरण गरिएको हो ।

प्राप्त सेनिटाइजरलाई ट्राफिक प्रहरी, बैदाम प्रहरी र जिल्ला प्रहरी कार्यालयमै प्रयोग गरिने प्रवत्ता राजकुमार केसीले बताए ।

चलचित्र पत्रकार संघ कास्कीले सह्रानिय काम गरेको बताउँदै प्रवत्ता केसीले महामारीको रुपमा फैलिएको कोरोनाका रोकथामका लागि सेनिटाइजर प्रयोग आफुहरुले आवश्यक मात्रमा प्रयोग गर्ने बताए ।

“काठमाडौंमा कोरोनाको संक्रमण भेटिएसँगै पोखरामा समेत नआउला भन्न सकिदैन, त्यसैले उच्च सर्तकताका साथ घरमै बस्न आम नागरिकलाई अनुरोध गर्छौ”—उनले भने ।

सेनिटाइजर होममेड सेनिटाइजर फार्मेसिस्ट शान्ती उदासको प्रशिक्षणको आधारमा तयार गरिएको गिरीले बताए । चलचित्र पत्रकार संघले मनोरञ्जनात्मक कार्यक्रमलाई मात्र ध्यानमा नराखी सामाजका हरेक गतिविधिमा सहयोग गर्ने गिरीको प्रतिबद्धता थियो ।

उनले कोरोना जस्तो महामारीमा संघबाट सेनिटाइजर सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।

सेनिटाइजरको सहि प्रयोग गरी जोखिमबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन प्रहरीलाई उनको आग्रह थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ