माछापुच्छ्रे सहकारीले सदस्यलाई आवश्यक सेवा प्रदान गर्ने

माछापुच्छ्रे सहकारीले सदस्यलाई आवश्यक सेवा प्रदान गर्ने

Machchhapuchre sahakari

तनहुँ । तनहुँको व्यास २ दमौली स्थित रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द रहेपनि सदस्यलाई आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदान गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर राख्दै सरकारले नेपालभर लकडाउन गरेको अवस्थामा सदस्यलाई आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।

यस्तो परिस्थितीमा खाद्यान्नको अभाव, औषधी, उपचार लगायत समस्या भए संस्थाका जिम्मेवार व्यक्तिलाई फोन सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ ।

खातामा पैसा भएका सदस्यले जस्तोसुकै परिस्थितीमा पनि सहकारीले सहयोग गर्ने संस्थाका प्रमुख कार्यकारी यम कुमार बतासले जानकारी दिए । जिवन र मरण जस्तो सुकै अवस्थामा भएपनि संस्था सधै सदस्य समर्पित रहेको बतासले बताए ।

‘हाम्रा सदस्य र सदस्यको परिवार बिरामी भएर उपचार गर्नुपर्ने अवस्थामा पनि संस्था अर्लट रहेको छ’ बतासले भने ‘सहकारी भनेकै सदस्य हो, सदस्य हाम्रा भगवान् हुन्’‘जस्तो सुकै अवस्था र परिस्थितीमा पनि हामी सदस्यको सेवा गर्ने छौं । सदस्यलाई कुनै समस्या भए ९८५६०२६६०३ मा सम्पर्क गर्न सक्नुहुन्छ ।’

विश्वभर फैलिइरहेको उक्त महामारीको जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकारले गरेको निर्णयको पालना गर्न समेत संस्थाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds