सुनसान तनहुँ: यस्तो देखियो ‘लकडाउन’को पहिलो दिन (फोटो फिचर)

सुनसान तनहुँ: यस्तो देखियो ‘लकडाउन’को पहिलो दिन (फोटो फिचर)

Damauli LockDown Day1 Pic9

तनहुँ । नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको छ ।

सरकारले गरेको लकडाउनका कारण पहिलो दिन मंगलबार सुनसान भएको तनहुँको सदरमुकाम दमौली ।

सरकारको निर्णयसँगै तनहुँको दमौली र आसपासका क्षेत्र सुनसान बनेको छ । सबैजसो पसल, व्यवसाय, सवारी साधान बन्द हुनुका साथै पैदलयात्रुको आउतजावत गर्न भएको छैन ।

तर सरकारको आदेशको उल्लंघन गर्दै चलाएको केही मोटरसाइकललाई भने प्रहरीले नियन्त्रण लिएको छ ।

तनहुँका प्रमुख बजारहरु दमौली बजार, सफासडक लगाएत जिल्लाको डुम्रे, दुलेगौडा, खैरेनिटार, आबुखैरेनी लगाएतका बजार सुनसान भए रहेका थिए । आउतजावत गर्न रोक लगाए पनि सडकमा केहि सर्वसाधारण आवतजावत गरेका छन् ।

तस्बिर : सामाजिक संजाल

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ