तनहुँ । सरकारले घोषणा गरेको लकडाउनलाई उल्लङ्घन गरी निर्वाद रुपमा सञ्चालन गरेका सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।
मंगलबारबाट लागू हुनेगरी सरकारले घोषणा गरेको लकडाउनको दोस्रो दिन बुधबार जिल्लाका बिभिन्न स्थानबाट १ सय ७० सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तनहुँमा लकडाउन उल्लङघन गर्ने २ जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको थियो । जिल्लाको दमौलीबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालय तनहुँ जनाएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाउँदै देशभर ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’ उल्लंघन गरेर निस्किएकाले नियन्त्रणमा लिइएको तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए । मंगलबार भने ८२ वटा सवारी प्रहरीले नियन्त्रणमा थियो ।
जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिएका अत्यावश्यक सवारी साधनबाहेकलाई सञ्चालनमा रोक लगाइएको छ । अधिकांश मानिसहरु घरभित्रै बसेका छन् । सरकारले कडाईका साथ लागू गरेको लकडाउनको पुर्ण रुपमा कार्यान्वयन गराउन प्रहरीले बजारक्षेत्रका चोक चोकमा गस्ती गर्दै आएको छ ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’