तनहुँमा लकडाउन उल्लङ्घन गर्ने १ सय ७० सवारी प्रहरी नियन्त्रणमा

तनहुँमा लकडाउन उल्लङ्घन गर्ने १ सय ७० सवारी प्रहरी नियन्त्रणमा

received_228458305225260

तनहुँ । सरकारले घोषणा गरेको लकडाउनलाई उल्लङ्घन गरी निर्वाद रुपमा सञ्चालन गरेका सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।

मंगलबारबाट लागू हुनेगरी सरकारले घोषणा गरेको लकडाउनको दोस्रो दिन बुधबार जिल्लाका बिभिन्न स्थानबाट १ सय ७० सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तनहुँमा लकडाउन उल्लङघन गर्ने २ जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको थियो । जिल्लाको दमौलीबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालय तनहुँ जनाएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाउँदै देशभर ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’ उल्लंघन गरेर निस्किएकाले नियन्त्रणमा लिइएको तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए । मंगलबार भने ८२ वटा सवारी प्रहरीले नियन्त्रणमा थियो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिएका अत्यावश्यक सवारी साधनबाहेकलाई सञ्चालनमा रोक लगाइएको छ । अधिकांश मानिसहरु घरभित्रै बसेका छन् । सरकारले कडाईका साथ लागू गरेको लकडाउनको पुर्ण रुपमा कार्यान्वयन गराउन प्रहरीले बजारक्षेत्रका चोक चोकमा गस्ती गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ