‘लकडाउन’को दोस्रो दिन यस्तो देखियो तनहुँ (फोटो/भिडियो)

‘लकडाउन’को दोस्रो दिन यस्तो देखियो तनहुँ (फोटो/भिडियो)

LDTD2 P1

तनहुँ । नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको छ ।

सरकारले गरेको लकडाउनका कारण दोस्रो दिन बुधबार तनहुँको सदरमुकाम दमौली सुनसान भएको थियो ।

सरकारको निर्णयसँगै तनहुँको दमौली र आसपासका क्षेत्र सुनसान बनेको छ । सबैजसो पसल, व्यवसाय, सवारी साधान बन्द हुनुका साथै पैदलयात्रुको आउतजावत गर्न भएको छैन ।

तर सरकारको आदेशको उल्लंघन गर्दै चलाएको केही मोटरसाइकल संगै १ सय ७० सवारीलाई भने प्रहरीले नियन्त्रण लिएको छ ।

तनहुँका प्रमुख बजारहरु दमौली बजार, सफासडक लगाएत जिल्लाको डुम्रे, दुलेगौडा, खैरेनिटार, आबुखैरेनी लगाएतका बजार सुनसान भए रहेका थिए ।

लकडाउनको दोस्रो दिन तनहुँको दमौली यस्तो देखियो (भिडियो)

https://www.facebook.com/aagamanale/videos/1891924584273487/?__tn__=%2CdK-R-R&eid=ARAuMEom25lk6hI9OP4vgc5nQkeiuSOHZa_HaO6XlodgZzvLTFp5hIf5n9mOD0IAALm0XclrD1cmTZdd&fref=mentions

तस्बिर : सुष्मा श्रेष्ठ, सामाजिक संजाल
भिडियो : आगमन फोटोग्राफी/मोहन आले

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds