तनहुँ । सरकारले घोषणा गरेको लकडाउनलाई उल्लङ्घन गरी निर्वाद रुपमा सञ्चालन गरेका सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।
गत मंगलबारबाट लागू हुनेगरी सरकारले घोषणा गरेको लकडाउनको चौथो दिन शुक्रबार जिल्लाका विभिन्न स्थानबाट २३ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । १७ वटा मोटरसाइकल र ६ वटा स्कुटरसहित २३ सवारी जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाउँदै देशभर ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’ उल्लंघन गरेर निस्किएकाले नियन्त्रणमा लिइएको तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए । चौथो दिन सम्म आइपुग्दा लकडाउन उल्लंघन गर्नेको संख्या कम भएको प्रहरी प्रमुख सिलवालले बताए ।
पहिलो दिन बुधबार ८२ वटा, दोस्रो दिन १ सय ७० र तेस्रो दिन ७६ वटा सवारी प्रहरीले नियन्त्रणमा थियो ।
जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिएका अत्यावश्यक सवारी साधनबाहेकलाई सञ्चालनमा रोक लगाइएको छ । अधिकांश मानिसहरु घरभित्रै बसेका छन् ।
सरकारले कडाईका साथ लागू गरेको लकडाउनको पुर्ण रुपमा कार्यान्वयन गराउन प्रहरीले बजारक्षेत्रका चोक चोकमा गस्ती गर्दै आएको छ ।
सम्बन्धित खबर
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा
६२ वर्षपछि न्याय: सदरमुकाम पुतलीबजार सारिँदा जग्गा दिने श्यामप्रसादलाई १ करोड मुआब्जा
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
माधव नेपालले विलय गराइसकेको पार्टीबाट निकाले महासचिव घनश्याम भुसालसहितका ६ नेता