‘लकडाउन’को चौथो दिन यस्तो देखियो तनहुँको दमौली (फोटो फिचर)

‘लकडाउन’को चौथो दिन यस्तो देखियो तनहुँको दमौली (फोटो फिचर)

FB_IMG_1585297693507

तनहुँ । नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस)को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको छ ।

सरकारले गरेको लकडाउनका कारण चौथो दिन शुक्रबार तनहुँको सदरमुकाम दमौली सुनसान देखिएको थियो ।

बिहान र साझा तरकारी लगाएत खाद्यान्न लिन केही सिमित पसल खुलेका थिए । दिनभर भने बजार र आसपास पुर्ण रूपमा बन्द थियो ।

सरकारको निर्णयसँगै तनहुँको दमौली र आसपासका क्षेत्र सुनसान बनेको छ । सबैजसो पसल, व्यवसाय, सवारी साधान बन्द हुनुका साथै पैदलयात्रुको आउतजावत गर्न भएको छैन ।

तर चौथो दिन सरकारको आदेशको उल्लंघन गर्दै चलाएको २३ सवारीलाई भने प्रहरीले नियन्त्रण लिएको छ ।

लकडाउन उल्लङ्घन गर्नेको संख्या कम हुँदै, चौथो दिन तनहुँमा २३ सवारी प्रहरी नियन्त्रणमा

अन्य दिनको तुलनामा यो संख्या कम हो ।

तनहुँका प्रमुख बजारहरु दमौली बजार, सफासडक लगाएत जिल्लाको डुम्रे, दुलेगौडा, खैरेनिटार, आबुखैरेनी लगाएतका बजार सुनसान थिए ।

तस्बिरहरु : विकास खनाल, रबिन पौडेल, सबिन लामिछाने, विष्णु गौतम(बि एण्ड बि मिडिया)

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ