पोखरा । शनिबार नेपालमा पाँचौं कोरोना भाइरसको संक्रमित भेटिएको छ । बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवती चैत ४ मा नेपाल आएकी थिइन् । उनै १९ वर्षीय युवतीलाई कोरोना संक्रमण देखिएको हो ।

उनी नेपाल आएपछि पनि धेरै पुजा र गाउँका विभिन्न कार्यक्रममा सहभागी भएकि थिइन । अस्पताल जान अस्विकार गरेपछि युवतीको नमूना संकलन् गरेरलाई उनलाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो । ‘अस्पताल पुगेपछि बेइज्जत हुने र भविस्यमा छोरीको विवाह गर्न अफ्ट्यारो हुने भन्दै परिवारले नै अस्पताल लैजान अस्विकार गरेका थिए ।’
बेल्जियममा रहेका आमाबुबालाई भेट्न करिब दुई महिना अघि उनि युरोप पुगेकी थिइन् । बाबु करिब एक महिना पहिले घरमा फर्किए, जहाँ युवतीका हजुरबा र आमा छन् । उनी पनि कतार ट्रान्जिट बनाउँदै कतार एयरवेजको विमानबाट ४ चैतमा काठमाडौं आइन् ।

काठमाण्डौ उत्रिसकेपछि लगत्तै उनि सोहि दिन १२:४५ बजे यती एयरलाइन्सको फ़्लाइट नं ६७९ विमान को 12D नम्बरको सिटमा बसेर पोखरा आइन । त्यसपछि उनि ट्याक्सि चढेर बाग्लुङ्ग स्थित घर पुगेकी थिइन ।
घरमा पुगेपछि ७ चैतमा हल्का ज्वरो आयो । खोकी पनि लागेको थियो । १० गते फेरि ज्वरो आयो । तर, न उनी अस्पताल गइन्, न चिकित्सकलाई नै खबर गरिन् । बरु सरकारले होम क्वारेन्टाइन अनिवार्य भनेको भएपनि उनी भेटघाट र हिँडडुल गर्ने गरेको पाइएको छ ।
बागलुङ नगरपालिका मेयर जनक पौडेल भन्छन्, ‘उनी सुरुदेखि नै क्वारेन्टाइनमा नबसेर बजार, गाउँ डुलिरहेकाले अहिले बागलुङ पुरै आतंकित छ ।’

१० चैतमा कतार एयरवेजको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमणको पुष्टि भएपछि अरु यात्रुको खोजी गर्ने क्रममा सरकारी अधिकारीहरुले उनलाई सम्पर्क गरेका थिए ।
थ्रोट स्वाब लिएपछि उनी अस्पताल बसिनन्, घरमा क्वारेन्टाइनमा बस्न थालिन् । घरका अन्य सदस्य पनि त्यतिबेलादेखि क्वारेन्टाइनमा बसेका थिए ।
उनलाई संक्रमण भएको पुष्टि भएपछि अब उपचारको प्रवन्ध कसरी मिलाउने भन्ने छलफल भइरहेको छ ।
यसअघि अस्पतालले कोरोना संक्रमणको आशंकामा एक जनाको नमुना संकलन गरेको थियो । अस्पतालकै आइसोलेसनमा राखिएको उनको चार दिनपछि रिपोर्ट नेगेटिभ आयो र उनी घरमा फर्किसकेका छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा