पाँचौ कोरोना संक्रमित: ज्वरो आउदा समेत छोरिको बिहे गर्न अप्ठ्यारो हुने भन्दै परिवारले गरेका थिए अस्पताल लैजान अस्विकार

पाँचौ कोरोना संक्रमित: ज्वरो आउदा समेत छोरिको बिहे गर्न अप्ठ्यारो हुने भन्दै परिवारले गरेका थिए अस्पताल लैजान अस्विकार

पोखरा । शनिबार नेपालमा पाँचौं कोरोना भाइरसको संक्रमित भेटिएको छ । बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवती चैत ४ मा नेपाल आएकी थिइन् । उनै १९ वर्षीय युवतीलाई कोरोना संक्रमण देखिएको हो ।

उनी नेपाल आएपछि पनि धेरै पुजा र गाउँका विभिन्न कार्यक्रममा सहभागी भएकि थिइन । अस्पताल जान अस्विकार गरेपछि युवतीको नमूना संकलन् गरेरलाई उनलाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो । ‘अस्पताल पुगेपछि बेइज्जत हुने र भविस्यमा छोरीको विवाह गर्न अफ्ट्यारो हुने भन्दै परिवारले नै अस्पताल लैजान अस्विकार गरेका थिए ।’

नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटियो: बेल्जियमबाट आएकी बाग्लुङकी युवती

बेल्जियममा रहेका आमाबुबालाई भेट्न करिब दुई महिना अघि उनि युरोप पुगेकी थिइन् । बाबु करिब एक महिना पहिले घरमा फर्किए, जहाँ युवतीका हजुरबा र आमा छन् । उनी पनि कतार ट्रान्जिट बनाउँदै कतार एयरवेजको विमानबाट ४ चैतमा काठमाडौं आइन् ।

काठमाण्डौ उत्रिसकेपछि लगत्तै उनि सोहि दिन १२:४५ बजे यती एयरलाइन्सको फ़्लाइट नं ६७९ विमान को 12D नम्बरको सिटमा बसेर पोखरा आइन । त्यसपछि उनि ट्याक्सि चढेर बाग्लुङ्ग स्थित घर पुगेकी थिइन ।

घरमा पुगेपछि ७ चैतमा हल्का ज्वरो आयो । खोकी पनि लागेको थियो । १० गते फेरि ज्वरो आयो । तर, न उनी अस्पताल गइन्, न चिकित्सकलाई नै खबर गरिन् । बरु सरकारले होम क्वारेन्टाइन अनिवार्य भनेको भएपनि उनी भेटघाट र हिँडडुल गर्ने गरेको पाइएको छ ।

बागलुङ नगरपालिका मेयर जनक पौडेल भन्छन्, ‘उनी सुरुदेखि नै क्वारेन्टाइनमा नबसेर बजार, गाउँ डुलिरहेकाले अहिले बागलुङ पुरै आतंकित छ ।’

१० चैतमा कतार एयरवेजको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमणको पुष्टि भएपछि अरु यात्रुको खोजी गर्ने क्रममा सरकारी अधिकारीहरुले उनलाई सम्पर्क गरेका थिए ।

थ्रोट स्वाब लिएपछि उनी अस्पताल बसिनन्, घरमा क्वारेन्टाइनमा बस्न थालिन् । घरका अन्य सदस्य पनि त्यतिबेलादेखि क्वारेन्टाइनमा बसेका थिए ।

उनलाई संक्रमण भएको पुष्टि भएपछि अब उपचारको प्रवन्ध कसरी मिलाउने भन्ने छलफल भइरहेको छ ।

यसअघि अस्पतालले कोरोना संक्रमणको आशंकामा एक जनाको नमुना संकलन गरेको थियो । अस्पतालकै आइसोलेसनमा राखिएको उनको चार दिनपछि रिपोर्ट नेगेटिभ आयो र उनी घरमा फर्किसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ