पोखरा । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी एक किशोरीमा कोराना संक्रमण पुष्टि भएपछि अहिले उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।
चैत ४ मा नेपाल आइपुगेकी नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया किशोरी काठमाडौंबाट विमान चढेर पोखरा र यहाँदेखि माइक्रो बस चढेर बागलुङ पुगेकी थिइन् ।
उनको ११ गते स्वाब लिएर परीक्षणका काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङमा किशोरीको पुष्टि भएपछि परिवार, आफन्त र वरपरका व्यक्ति सशंकित भएका छन् ।
सम्पर्कमा आएका त्यस्ता सम्भावित व्यक्तिहरुको खोजी भइरहेको बागलुङ स्वास्थ कार्यालय प्रमुख सुरज गुरौले बताए ।
यो पनि पढ्नुहोस
पाँचौ कोरोना संक्रमित: ज्वरो आउदा समेत छोरिको बिहे गर्न अप्ठ्यारो हुने भन्दै परिवारले गरेका थिए अस्पताल लैजान अस्विकार
नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटियो: बेल्जियमबाट आएकी बाग्लुङकी युवती
किशोरीको सम्पर्कमा रहेकोहरुको आइतबार स्वाब संकलन हुने भएको छ । किशोरीको परिवार, सम्पर्कमा रहेका आफन्त र सम्भावित व्यक्तिहरुको स्वाब संकलनका निम्ति बागलुङमै तालिम प्राप्त दुई चिकित्सक तयारी अवस्थामा रहेको प्रदेश जनस्वास्थ प्रयोगशाला प्रमुख सपना सुवेदीले जानकारी दिइन् ।
बागलुङमा किशोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यसको सन्त्रास पोखरामा पनि बढेको छ । किशोरी पोखरा हुँदै बागलुङ गएकाले उनीसँग अरु पनि सम्पर्कमा आएको हुन सक्ने भएकाले त्रास फैलिएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला