बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीको सम्पर्कमा आउनेको स्याम्पल लिइदै, पोखरामा बढ्यो कोरोनाको सन्त्रास

बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीको सम्पर्कमा आउनेको स्याम्पल लिइदै, पोखरामा बढ्यो कोरोनाको सन्त्रास

1580895618_corona

पोखरा । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी एक किशोरीमा कोराना संक्रमण पुष्टि भएपछि अहिले उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

चैत ४ मा नेपाल आइपुगेकी नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया किशोरी काठमाडौंबाट विमान चढेर पोखरा र यहाँदेखि माइक्रो बस चढेर बागलुङ पुगेकी थिइन् ।

उनको ११ गते स्वाब लिएर परीक्षणका काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङमा किशोरीको पुष्टि भएपछि परिवार, आफन्त र वरपरका व्यक्ति सशंकित भएका छन् ।

सम्पर्कमा आएका त्यस्ता सम्भावित व्यक्तिहरुको खोजी भइरहेको बागलुङ स्वास्थ कार्यालय प्रमुख सुरज गुरौले बताए ।

यो पनि पढ्नुहोस

पाँचौ कोरोना संक्रमित: ज्वरो आउदा समेत छोरिको बिहे गर्न अप्ठ्यारो हुने भन्दै परिवारले गरेका थिए अस्पताल लैजान अस्विकार

नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटियो: बेल्जियमबाट आएकी बाग्लुङकी युवती

किशोरीको सम्पर्कमा रहेकोहरुको आइतबार स्वाब संकलन हुने भएको छ । किशोरीको परिवार, सम्पर्कमा रहेका आफन्त र सम्भावित व्यक्तिहरुको स्वाब संकलनका निम्ति बागलुङमै तालिम प्राप्त दुई चिकित्सक तयारी अवस्थामा रहेको प्रदेश जनस्वास्थ प्रयोगशाला प्रमुख सपना सुवेदीले जानकारी दिइन् ।

बागलुङमा किशोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यसको सन्त्रास पोखरामा पनि बढेको छ । किशोरी पोखरा हुँदै बागलुङ गएकाले उनीसँग अरु पनि सम्पर्कमा आएको हुन सक्ने भएकाले त्रास फैलिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ