तनहुँ । ज्यालादारी काम गरि दैनिकी जीवनयापन गर्ने र विशेषगरी घरको ढलानमा सामुहिक सहभागी हुने परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
शनिबार व्यास नगरपालिका वडा नम्बर १२ स्थित चेपाङ, घर्ती र तामाङ समुदाय लगाएतको विभिन्न २३ घर परिवारलाई छिमेकी सहयोग अभियान अन्तर्गत चामल हस्तान्तरण सहयोग गरिएको हो ।
व्यास युवा क्लब सन्जाल दमौलीका अध्यक्ष गौरव पन्थ र सल्लाहकार तथा सामाजिक युवा अभियान्ता लक्ष्मी भक्त खनालले संयुक्त रूपमा सो सामान हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्नको लागी देश नै लकडाउन हुँदा खाद्यान्न सकिएर असहज हुन थालेपछि खाद्यान्न वितरण गरिएको सामाजिक अभियान्ता खनालले बताए ।
हाल लकडाउनको अवस्थामा सबै काम ठप्प हुदा व्यासनगर क्षेत्र वरपर दैनिक काम गरि कमाएमा खान पाउने नत्र भोको बस्नुपर्ने वर्गहका लागि खानाको जोहो गर्ने सोचमा छिमेकी अभियान सन्चालन गरिएको हो ।
नेपाल सरकारको निर्देशनको कारण थोरै संख्या र कोरोनाबाट बच्न र बचाउनको लागि व्यास युवा क्लब सन्जाल दमौलीका अध्यक्ष गौरव पन्थ र सामाजिक युवा अभियान्ता लक्ष्मीभक्त खनाल दुईजना मात्र फिल्डमा लागेका छन् ।
साथै पारर्दशिताको लागि चामल लिनेको तस्बिर र विवरण आफ्नो फेसबुक पेजमा समेत राख्ने गरेको उनीहरुले बताए ।
दमौलीका सुनिल घिमिरे र सुरेश घिमिरेबाट ८ बोरा चामल, श्याम मौरतीबाट ५ बोरा चामल, सन्तोष गोदारबाट ५ बोरा चामल र पोखरा निबासी अर्जुन के.सिबाट ५ बोरा चामल गरि कुल २३ बोरा चामल उपलब्ध भएको थियो ।
आर्थिक क्षेत्रबाट पिछाडिएका उक्त बस्तीमा थोरै भएपनि राहात प्रदान गर्दा अन्य व्यक्तिलाई पनि सहयोग गर्न प्रोत्साहन मिल्ने बिश्वास गरिएको व्यास युवा क्लब संञ्जाल दमौलीका अध्यक्ष गौरव पन्थले बताए । उनले थपे ‘खाना नपाएकालाई सहयोग गर्ने हाम्रो अभियान अनुरुप बिपन्न परिवार पहिचान गरी उनीहरुलाई सहयोग गरिएको हो।’

त्यस्तै उक्त अभियानमा शनिबार नै व्यास नगरपालिका–१० निवासी एकल महिला प्रमिला बुढा मगरलाई एक थान ग्याँस र व्यास नगरपालिका–४ बागभञ्ज्याङ निवासी मिना परियारलाई एक बोरा चामल वितरण गरेको थियो ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्