तनहुँ । तनहुँको दमौली बजारमा किटानाशक औषधी छर्किएको छ । व्यास नगरपालिका वडा नं ३ अन्तर्गत दमौली बजारको विभिन्न भागमा कोरोना भाइरसलाई लक्षित गर्दै किटनाशक औषधी छर्किएको व्यास-३ का वडा सदस्य रबिन पौडेलले बताए ।
बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने जनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई बजार क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको र बजार क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, तरकारी बजार लगायत ठाउँहरुमा किटनाशक औषधी छरिएको वडा सदस्य पौडेलले बताए ।
अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीसँग उनले आग्रह समेत गरे ।

आइतबार प्रशासनचोक देखि पशु कार्यालय, निमचोक, महर्षि चोक लगायतका स्थानहरुमा किटनाशक औषधी छरिएको हो ।
किटनाशक औषधीका लागि सयौं हातका सदस्य लक्ष्मीभक्त खनाल युवा व्यवसायी सुरेश पुरी, लक्ष्मण सुनार, मनोज पोखरेल, मनबहादुर रुचाल लगायतबाट १४ हजार ५ सय रुपैयाँ सहयोग संकलन भएको थियो ।

किटनाशक औषधी छर्कने अभियानमा सुदीप काफ्ले, प्रकाश श्रेष्ठ, विश्व श्रेष्ठ ,मिनबहादुर गुरुङ(चरी बाबा) लगायतले सहयोग पुर्याएको वडा सदस्य रविन पौडेलले बताए ।

भिडियो :
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू