तनहुँ चेम्बर अफ कमर्सद्वारा प्रहरीलाई मास्क सहयोग

तनहुँ चेम्बर अफ कमर्सद्वारा प्रहरीलाई मास्क सहयोग

Chembar Tanahun Mask help police

तनहुँ । तनहुँ चेम्बर अफ कमर्सले जिल्ला प्रहरि कार्यालय तनहुँलाई मास्क सहयोग गरेको छ । चेम्बरले प्रहरीलाई ५ सय थान मेडिकल मास्क प्रदान गरेको तनहुँ चेम्बरका प्रथम उपाध्यक्ष कबिराज श्रेष्ठ जानकारी दिए ।

त्यस्तै चेम्बरले जिल्लाका स्थानीय तहमा समन्वय भुमिका निभाएको छ ।

तनहुँको व्यास नगरपालिका, ऋषिङ्ग गाउँपालिका, आबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकामा १० रुपैयाँका दरले मास्क उपलब्ध गराइएको चेम्बरका अध्यक्ष महेन्द्र मोहन भट्टराईले जानकारी दिए ।

अझैँ थप समन्वय गर्न तनहुँ चेम्बर लागि परेको महासचिव खेमराज अधिकारीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ