कोभिड १९: तनहुँको दमौलीमा छर्किइयो किटनाशक औषधि, राहत व्यवस्थापनाका लागि २५ लाख

कोभिड १९: तनहुँको दमौलीमा छर्किइयो किटनाशक औषधि, राहत व्यवस्थापनाका लागि २५ लाख

Vyas napa kitnashak1

किरण श्रेष्ठ, तनहुँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न तनहुँको व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको छ । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाको प्रत्येक वडामा किटनाशक औषधी छर्किने नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई नगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीसँग उनले आग्रह समेत गरे ।

जारी लकडाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख न्यौपानेले नगरवासीसँग आग्रह गरेका छ्न । क्लोरिन छर्किएकाले यसले लामखुट्टे लगायतका किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने नगरपालिकाले जनाएको छ ।
प्रेस विज्ञप्ति

ज्यालादारी र अति विपन्नको तथ्याङ्क संकलन र राहत

नगरपालिकाको सोमबारको बैठकले ज्यालादारी र अति विपन्नको तथ्याङ्क संकलन गरि राहत वितरण गर्ने निर्णय गरेको छ ।

कोरोना भाईरसका कारण नेपाल सरकारले गरेको लकडाउनबाट प्रभावित ज्येष्ठ नागरीक आश्रम, क्वारेनटाईनमा बसेका व्यक्तिहरु, सडक बालबालिका तथा दैनिक ज्यालामा काम गर्ने मजदुर र अति विपन्न वर्गका घर परिवारहरुलाई राहत वितरण गर्न वडाहरुबाट तथ्याङ्क संकलन र सो को पहिचान एवं एकिन गरी वडा कार्यालयहरुको सिफारिसको आधारमा राहत वितरण गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको हो ।

चैत महिनाको सटरभाडा छुट

त्यस्तै व्यास नगरपालिकाको पसल कबल भाडामा लिई व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुको चैत्र महिनाको सम्पुर्ण भाडा छुट गरिदिने निर्णय गरेको छ । अन्य संघ संस्था तथा व्यक्तिहरुको घरभाडामा लिई बसेका व्यक्ति तथा संघ संस्थाहरुको घर भाडा सम्बन्धित व्यक्ति तथा संघ संस्थाले छुट दिएमा सो अवधिको यस नगरपालिकालाई तिर्नुपर्ने घरवाहाल कर छुट गरिदिने नगरपालिकाले निर्णय गरेको छ ।

सबै वडामा ५ वेडको क्वारेन्टाइन

नगरपालिका अन्तरगतका सबै वडाहरुमा न्युनतम ५ वेडको क्वारेनटाईन निर्माण गर्न आवश्यक प्रबन्ध मिलाउने र विदेशबाट आएका र उनिहरुको संसर्गमा रहेका व्यक्तिहरुको निगरानि गरी क्वारेन्टाइनमा राख्ने निर्णय नगरपालिकाले गरेको छ । त्यस्तै उनीहरुको उपचारको व्यवस्था समेत मिलाउने निर्णय भएको छ ।

राहत व्यवस्थापनाका लागि २५ लाख

त्यस्तै राहत लगाएतका सामग्रीहरुको व्यवस्थापनका लागि नगरपालिकाले २५ लाख वजेट विनियोजन गर्ने निर्णय भएको छ । नगरक्षेत्र भित्र कुनै पनि प्रकारको राहत सामाग्री वितरण गर्न चाहाने व्यक्ति तथा संघ संस्थाहरुले नगरपालिका संग समन्वय गरेर मात्र राहत सामाग्री वितरण गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ