तनहुँको शुक्लागण्डकी नगरपालिकाले चैत महिनाको सटर भाडा नलिने

तनहुँको शुक्लागण्डकी नगरपालिकाले चैत महिनाको सटर भाडा नलिने

Shuklagandaki Napa

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले भाडामा लगाएको व्यवसायिक सटरको चैत महिनाको शुल्क छुट दिने भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) ले व्यापार व्यवसाय ठप्प भएको अवस्थामा व्यवसायीलाई राहत दिन एक महिनाको सटर भाँडा छुट दिने निर्णय गरेको नगर प्रवक्ता खिमबहादुर कुमालले बताए ।

नगरपालिकाले खैरेनीटार बजारमा ३५ वटा सटर भाडाँमा लगाएको छ । एक महिनाको भाँडा दुई लाख ८० रुपैयाँ छुट पाउनेछन् ।

मंगलबार बसेको आकस्मिक बैठकले भारत लगायतका तेस्रो मुलुकबाट आउने शुक्लागण्डकीका नागरिकलाई अनिवार्य १५ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको उनले बताए । ‘रोजगारीका लागी भारत गएकाहरु लकडाउनका कारण बोर्डरमा धेरै रोकिएका छन् ।

सरकारले बोर्डरमा अलपत्र नागरिकलाई उद्धार गरेको खण्डमा शुक्लागण्डकीका नागरिक पनि आउन सक्छन्’, उनले भने, ‘उनीहरुलाई नगरपालिकाको प्रवेशद्धार शेराफाँटमा स्वास्थ्य जाँच गरी सिधैँ क्वारेन्टाईनमा राखिनेछ ।’ शेराटारमा नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको छ ।

त्यहाँ पाँच जना स्वास्थ्यकर्मी खटिने प्रवक्ता कुमालले बताए ।

यस्तै, ज्याला मजदुरीको भरमा जिवन निर्वाहा गरेका विपन्न बर्गलाई राहात वितरण गर्ने भएको छ । दुई जनासम्मको परिवारलाई १० केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नून वितरण गरिने भएको छ ।

चार जनासम्मको परिवारलाई १५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नून तथा चार जना भन्दा बढी सदस्य रहेका परिवारलाई २५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नून वितरण गर्ने कुमालले बताए ।

यस्तै, ६० लाख रुपैयाँको राहात कोष स्थापान गरिएको छ । अबदेखी नगरभित्र राहत वितरण गर्न नगरपालिकासंग सहकार्य गर्नुपर्नेछ ।

संकटको बेलामा कालोबजारी र कृत्रीम अभाव सिर्जना गरी अनाश्यक मुल्यबृद्धी हुन सक्ने भएकालाई त्यसलाई रोक्न र आपुर्ती सहज बनाउन मेयर किसान गुरुङको संयोजकत्वमा १० सदस्यिय आपुर्ती व्यवस्थापन तथा अनुगमन समिति गठन गरिएको छ । समिति सदस्यमा उपमेयर सविता रसाईलीसंगै, उद्योग वाणिज्य संघ, नागरिक समाज, रेडक्रस, पत्रकार रहेका छन् । सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी रहेका छन् ।

नगरपालिकाले गाउँगाउँमा माइकिङ गर्दै कोरोनाबिरुद्ध सचेतना फैलाईरहेको छ । स्वास्थ्य स्यवंमसेविकालाई पनि सचेतना फैलाउन गाउँगाउँमा खटाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ