तनहुँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउको समय बढाएसंगै तनहुँमा खाद्यान्न वितरण सुरु गरिएको छ ।
लगातार एकहप्ताभन्दा बढी समय लकडाउन भएको कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारलाई समस्या हुन थालेपछि स्थानिय तहले खाद्यान्न वितरण सुरु गरेको हो ।

तनहुँको बन्दिपुर गाउँपालिकाले गाउँपालिका क्षेत्र अन्तर्गतका गरीब तथा विपन्न ५ सय १७ परिवारलाई खाद्यान्न वितरण गर्न सुरु गरेको हो । सोमबार र मंगबार खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले बताए ।
गाउँपालिकाको वडा नम्बर १ मा १ सय ८५, वडा नम्बर ४ मा १ सय ४८ र वडा नम्बर ५ मा १ सय १८४ गरि कुल ५ सय १७ परिवारलाई प्रति परिवार ३० किलो चामल वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए । अन्य बाकीँ ३ वटा वडाको तथ्याङ्क संकलन भैरहेकाले छिट्टै राहत वितरण गर्ने उनले बताए ।

साथै गाउँपालिकाले कोरोना भाइरस सम्बन्धि सचेतना समेत फैलाईरहेको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताईन । अन्य वडा ग्रामीण वडा भएको हुदाँ सहरी क्षेत्रको तुलनामा कम खाद्यान्न वितरण हुने उनले बताईन ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन