तनहुँका स्थानीय तहदेखि स्वास्थ्यकर्मीलाई सांसद श्रेष्ठद्वारा मास्क, सेनिटाइजर र पिपिई सहयोग

तनहुँका स्थानीय तहदेखि स्वास्थ्यकर्मीलाई सांसद श्रेष्ठद्वारा मास्क, सेनिटाइजर र पिपिई सहयोग

FB_IMG_1585835210601

तनहुँ । विश्वब्यापि महामारीका रुप फैलिएको कोरोना भाईरस (कोभिड-१९)बाट सुरक्षित रहनका लागि प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान)ले तनहुँका स्थानीय तहदेखि स्वास्थ्यकर्मीसम्म लाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।

तनहुँको क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठ किसानले आफ्नो व्यक्तिगत सहयोगमा उक्त स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

मानविय जोखिमको क्षेत्रका राष्ट्रसेवक तथा ब्यक्तिहरुले प्रयोग गर्ने गरि मास्क, पिपिई र सेनिटाईजर लगायत सामग्री हस्तान्तरण गरिएको थियो ।

सांसद श्रेष्ठले देवघाट गाउँपालिकालाई मास्क १५ सय थान, पिपिई ५ थान, आबुखैरेनी गाउँपालिकालाई मास्क १५ सय थान र पिपिई ५ थान हस्तान्तरण गरेका छन ।

त्यस्तै भानु नगरपालिकालाई २ हजार थान मास्क र पिपिई १० थान, बन्दिपुर गाउँपालिकालाई १५ सय थान मास्क र पिपिई ५ थान, व्यास नगरपालिकालाई मास्क २ हजार थान र पिपिई ३ थान हस्तान्तरण गरेका छन ।

त्यसैगरि दमौलि अस्पताललाई १ हजार थान मास्क र पिपिई ५ थान, जिल्ला प्रहरी कार्यालय तनहुँलाई मास्क ७ सय ५० थान र सेनिटाईजर ४ लिटर, सशस्त्र प्रहरी भानुलाई ५ सय थान मास्क र सेनिटाईजर ४ लिटर हस्तान्तरण गरिएको छ ।

त्यस्तैगरि जिल्ला प्रशासन कार्यालय तनहुँलाई मास्क २ सय ५० थान, ट्राफिक प्रहरी कार्यालय तनहुँलाई २ सय ५० थान मास्क, जिल्ला कारागार तनहुँलाई २ सय ५० थान मास्क र सेनिटाईजर १ लिटर, इलाका प्रहरी कार्यालय आबुखैरेनीलाई २५० थान मास्क, इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेलाई २५० थान मास्क र सेनिटाईजर २ लिटर सांसद श्रेष्ठले हस्तान्तरण गरेका हुन ।


साथै तनहुँका पत्रकारहरुलाई २५० थान मास्क हस्तान्तरण गरिएको थियो ।

राज्यको एकद्धार प्रणालीलाई पुर्ण आत्मसात गर्दै जिल्लाका विभिन्न पालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, कारागार लगायत कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

दमौली अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने घोषणा

सांसद श्रेष्ठले दमौली अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने घोषणा गरे । आज दमौलीमा आयोजित पत्रकार भेटघाटमा उनले प्रदेश सरकारको स्वामित्वमा रहेको अस्पतालमा सघन उपचार कक्ष नहुनु दुःखद् रहेकाले आफ्नै पहलमा अस्पतालमा भेन्टिलेटरसहितको पाँच श्ययाको सघन उपचार कक्ष बनाउने प्रतिबद्धता जनाए ।

दश थान भेन्टिलेटरसहितको सघन उपचार कक्ष निर्माणका लागि करिब रु ५० लाख खर्च हुने र सहयोगदाता नपाएका खण्डमा आफ्नै लगानीमा पनि उक्त कक्ष स्थापना गरिने सांसद श्रेष्ठले जानकारी दिए ।

दमौली अस्पतालले ठाउँ व्यवस्थापन गर्नेबित्तिकै एक हप्ताको अवधिमा सघन उपचार कक्ष निर्माणका लागि आवश्यक सामग्री उपलब्ध हुने उनले बताए ।

फोटो : मदन तिमल्सेना

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ