थर्पु युवा क्लबले बाड्यो दैनिक ज्यालादारी मजदुर परिवारलाई राहत

थर्पु युवा क्लबले बाड्यो दैनिक ज्यालादारी मजदुर परिवारलाई राहत

tharpu-001-750×375@2x

तनहुँ । तनहुँको थर्पु युवा क्लवले म्याग्दे गाउँपालिकाको थर्पु बजार क्षेत्रमा रहेका दैनिक ज्यालादारी मजदुर तथा न्युन आय भएका परिवारका लागि राहत खाद्यान्न सहयोग गरेको छ ।

कोरोना भाइरसका कारण भइरहेको लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भोगिरहेका बजार क्षेत्रका न्युन आय भएका परिवारका लागि सहयोग गरेको हो ।

क्लबमा आवद्ध युवाहरुको सहयोग र सक्रियतामा भाडामा बस्ने र दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीवन धान्न विवश कठिन अवस्थाका परिवारलाई सहयोग गरिएको क्लबका अध्यक्ष विष्णु नेपालीले जानकारी दिए ।

४५ हजार बराबरको खाद्यान्न सहयोग गरिएको उनले बताए ।

३८ घर परिवारलाई १० दिनलाई पुग्ने चामल, तेल, दाल, तरकारी राहत स्वरुप बितरण गरिएको क्लबका सदस्य सुवोध आले मगरले बताए ।

विश्व  नैै कोरोनाका विरुद्ध एकजुट भइरहेका अवस्थामा मानवता प्रर्दशन गर्नु नै अहिलेको आवश्यकता हो’ उनले भने ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष खेमबहादुर नेपाली, सुवेदार अमर थापा, नवराज हमाल, लगायतले विपन्न परिवारका सदस्यलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । उक्त अवसरमा क्लबका उपाध्यक्ष बीरेन्द्र थापा, सचिव विमला बानियाँ अधिकारी, कोषाध्यक्ष विशम श्रेष्ठ लगायतको उपस्थिती थियो ।

विश्व यतिबेला कोरोना भाइरससँग जुधिरहेको छ । हरेक दिन कोरोना भाइरसको नया संक्रमण बढिरहेको छ । भाइरसकै कारण मृत्यु हुने को संख्या पनि आधा लाख नाघिसकेको छ । यस विरुद्ध जुध्न नेपाल लगायतका विभिन्न देशमा लकडाउनको अवस्था रहेको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी, न्युन आय हुने परिवारमा सिर्जित असहजतालाई मध्यनजर गर्दै यतिबेला विभिन्न संघसंस्थाले राहत स्वरुप खाद्यान्न सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ