तनहुँमा लकडाउन उल्लंघन गर्ने ४ सय ६१ सवारी साधन प्रहरी कारवाहीमा

तनहुँमा लकडाउन उल्लंघन गर्ने ४ सय ६१ सवारी साधन प्रहरी कारवाहीमा

received_228458305225260

तनहुँ । तनहुँमा प्रहरीले ‘लकडाउन’को उल्लंघन गरेको भन्दै ४ सय ६१ सवारीका साधन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले चैत ११ गतेदेखि २० गतेसम्म ४ सय ६१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।

लकडाउनको १०औं दिन बिहीवार पनि ५ वटा मोटरसाइकल र ४ वटा स्कुटर गरि ९ वटा सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिए ।

तनहुँमा लकडाउन उल्लंघन न्यूनीकरण हुँदै गएको प्रहरी प्रमुख सिलवालले बताए ।

नियन्त्रणमा रहेका सवारीका साधनलाई जरिवाना तिराएर मात्रै सवारी धनीलाई फिर्ता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरिक्षक पुर्ण बहादुर अधिकारी जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार २ सय ७७ वटा मोटरसाइकल, १४१ वटा स्कुटर नियन्त्रणमा लिइएको छ ।

यसैगरी २५ वटा ट्रक, कार र जिप १० वटा, टिप्पर ५ र ३ वटा ट्याक्टर गरि कुल ४ सय ६१ सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ