जेसीआई व्यासनगरले बाड्यो ४५ विपन्न परिवारलाई राहत

जेसीआई व्यासनगरले बाड्यो ४५ विपन्न परिवारलाई राहत

received_1132010837131280

तनहुँ । जेसीआई व्यासनगरले दैनिक ज्यालादारी र विपन्नलाई राहत वितरण गरेको छ ।

शनिबार क्लबले व्यास १० दुम्सीमा दैनिक ज्यालादारी गर्ने विपन्न ४५ घरपरिवारलाई राहत वितरण गरेको हो ।

क्लबले चामल, नुन, तेल, हात धुने साबुन दाल तथा अन्य खाद्य वस्तु वितरण गरेको क्लबका अध्यक्ष भरत कुमार श्रेष्ठले बताए ।

क्लबले ९० हजार बराबरको राहत सामाग्री वितरण गरेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

जेसीआई व्यासनगरले व्यास नगरपालिकाको समन्वयमा विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

सो अवसरमा प्रमुख अतिथी व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, वडाअध्यक्ष तुलसीराम सापकोटा, जेसीआई व्यासनगरका अध्यक्ष भरतकुमार श्रेष्ठ, पूर्व अध्यक्षद्धय सुरेश पुरी र माधव न्यौपाने लगायतले बोलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ