लायन्स क्लब अफ तनहुँ दमौलीले बाड्यो २२ विपन्न परिवारलाई राहत

लायन्स क्लब अफ तनहुँ दमौलीले बाड्यो २२ विपन्न परिवारलाई राहत

FB_IMG_1586167525121

तनहुँ । लायन्स क्लब अफ तनहुँ दमौलीले दैनिक ज्यालादारी र विपन्नलाई राहत वितरण गरेको छ ।

सोमबार क्लबले व्यास १ स्थित वडा कार्यालयमा दैनिक ज्यालादारी गर्ने विपन्न २२ घरपरिवारलाई राहत वितरण गरेको हो ।

क्लबले चामल, नुन, तेल, दाल तथा चाउचाउज भुजा वितरण गरेको क्लबका अध्यक्ष राजकुमार कुमार श्रेष्ठ(राकु)ले बताए ।

क्लबले व्यास नगरपालिका वडा-१ संगको समन्वयमा विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

साथै क्लबले दमौली स्थित प्रहरी चेकपोस्टमा प्रहरीलाई दैनिक १ जारकाे दरले सोमबार नै ५ जार पानी समेत सहयोग गरेको छ ।

सो अवसरमा व्यास-१ का वडा अध्यक्ष खरसिं दरै, क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) लगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ