तनहुँको व्यास नगरपालिकाद्धारा स्थानिय ४ भाषामा कोरोना सम्बन्धि सन्देश (भिडियो सहित)

तनहुँको व्यास नगरपालिकाद्धारा स्थानिय ४ भाषामा कोरोना सम्बन्धि सन्देश (भिडियो सहित)

Vyas Nagarpalika

किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाले स्थानीय ४ भाषामा कोरोना भाइरस( कोभिड १९) सम्बन्धि सन्देश प्रवाह गरेको छ । व्यास नगरपालिकाले नेवारी, मगर, गुरुङ र दरैमा भाषामा सन्देश प्रवाह गरेको छ ।

नगरपालिका भित्र यी ४ समुदायका मानिसहरुलाई बाहुल्यता बढी भएको हुँदा लकडाउनको समयमा सचेत रहन अनुरोध गर्दै व्यास नगरपालिकाद्वारा सन्देश प्रवाह गरिएको नगरपालिकाले जनाएको छ ।

नेवारी भाषामा सन्देश

https://www.facebook.com/Vyasnagarpalika/videos/pcb.2302962303342579/2302961500009326/?type=3&theater

लकडाउनको पुर्ण रुपमा पालना गर्न समेत उक्त संदेशमा भनिएको छ । अहिले आफ्नो गल्तिले पछि आफ्नो पुस्तले दुख पाउने भएको हुँदा लकडाउनको पुर्ण पालना गरेर सुरक्षित रहन नगरपालिकाले अनुरोध गरेको छ ।

सन्देशमा भनिएको छ ‘आफु बचे परिवार, परिवार बचे समाज र समाज बचे देश बच्छ’ भन्ने भावनाका साथ नेपाल सरकारको अभियानमा साथ दिनुहुनु हार्दिक अनुरोध ।’

मगर भाषामा सन्देश

https://www.facebook.com/Vyasnagarpalika/videos/pcb.2302962303342579/2302961413342668/?type=3&theater

उनीहरुकै भाषा मार्फत सन्देश प्रवाह गर्दा प्रभावकारी हुने अपेक्षाका साथ सन्देश गरिएको व्यास नगरपालिकाले जनाएको छ । नगरपालिकाले अडियो/भिडियो मार्फत सन्देश प्रवाह गरेको छ । यसअघी नेपालि भाषामा नगरपालिकाले सन्देश जारि गरिसकेको छ ।

गुरुङ भाषामा सन्देश

https://www.facebook.com/Vyasnagarpalika/videos/pcb.2302962303342579/2302961363342673/?type=3&theater

खस भाषा नबुझ्ने धेरै वृद्धवृद्धा नगरक्षेत्रमा रहेकाले स्थानीय जातिको भाषामा सन्देश प्रवाह गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । ‘नगरपालिका भित्र बाहुल्यता रहेका ४ जातिको भाषामा संदेश प्रवाह गरिएको हो ।’ नगरप्रमुख न्यौपानेले भने ‘सबै जातिको अपनत्व होस भन्ने नगरपालिकाको चाहाना हो ।’ उनले थपे ‘भाषा र संकृतिको जगेर्ना गर्न अभियानमा व्यास नगरपालिका लागिपरेको छ ।’

दरै भाषामा सन्देश

https://www.facebook.com/Vyasnagarpalika/videos/pcb.2302962303342579/2302961270009349/?type=3&theater

“आगामी वैशाख देखि स्थानिय पाठ्यक्रम समेत लागु गर्दै छौ ।’ नगरप्रमुख न्यौपानेले भने ‘कक्षा १ देखि ३ सम्म पहिलो चरणमा स्थानिय पाठ्यक्रम लागु हुनेछ ।’

त्यस्तै सरसफाइ, सचेत र साबधान रहन सम्पुर्ण नगरबासिहरुमा व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले अनुरोध गरेका छन् ।

खस (नेपालि) भाषामा सन्देश

https://www.facebook.com/kiranshresthaofficial/videos/2594198484184468/UzpfSTEwMDAwMzQ2NzY0NjgwODoyNjg5NTgzMzc3ODMzODkx/?__tn__=%2CdlC-R-R&eid=ARAEtM7ZUPozLRk7EWvjAGGGg1K8UfUcnbLDkQ9SBJ1N7chMd6FZf4D0vv9JC9tIJyD0VvAqwZI-sljD&hc_ref=ARTVTJPR8UZ0x2xeafgfvZ5W2hYKMqmDaLw9tuUbrAYNotvm1EBT2sgZpqmIWHZviB4

व्यास नगरपालिकाले अहिले विपन्न तथा दैनिक ज्यालादारी लाई राहत वितरण, विदेशबाट आएका व्यक्तिहरुको तथ्याङ्क संकलन संगै होम क्वारेन्टाइन बस्न अनुरोध, नगरक्षेत्रमा क्लोरिन छर्कने लगाएतका काम गरिरहेको नगरप्रमुख न्यौपानेले बताए । अहिले औषधि अभाव रहेकाले केहि समस्या भने देखिएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds