आदर्श नमुना क्लबद्वारा म्याग्दे गाउँपालिकाको राहत कोषमा सहयोग

आदर्श नमुना क्लबद्वारा म्याग्दे गाउँपालिकाको राहत कोषमा सहयोग

received_2852209671528419

तनहुँ । आदर्श नमुना क्लबले तनहुँक्क म्याग्दे गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा सहयोग गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्यूनिकरण तथा प्रभावकारी व्यवस्थापनका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखी लकडाउन घोषणा गरेको छ ।
उक्त लकडाउनबाट दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने नागरिकहरु प्रति राहत प्रदान गर्न म्याग्दे गाउँपालिकाले राहत कोष स्थापना गरेको छ ।

क्लबले नगद १५ हजार रुपैयाँ राहत कोषमा सहयोग गरेको हो । गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरेलाई क्लबका अध्यक्ष गौरव रानाले बुधबार उक्त रकम हस्तान्तरण गरेका थिए ।

गाउँपालिका स्थानिय स्तरमा रहेका विभिन्न संघ संस्थाको संरक्षक तथा अभिभावकको रुपमा रहने भएको हुँदा अन्य सामान्य समयमा गाउँपालिकाले आवश्यकता अनुसार सहयोग गर्ने क्लबका अध्यक्ष रानाले बताए ।

अहिले संक्रमणको विषम परिस्थितिमा कोरोना विरुद्धको लडाइँ जित्नको निम्ति गाउँपालिकालाई बल प्रदान गर्ने उद्देश्यले क्लबको तर्फबाट उक्त रकम सहयोग गरेको अध्यक्ष रानाले बताए ।

साथै इच्छुक महानुभावहरु,संघ संस्थाले उक्त राहत कोषमा सहयोग गर्न अध्यक्ष रानाले अनुरोध समेत गरेका छन । लक्ष्मी बैँक थर्पु शाखाको खाता नं.०७८०३०००१९ मा राहत रकम सहयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ