तनहुँ । आदर्श नमुना क्लबले तनहुँक्क म्याग्दे गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा सहयोग गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्यूनिकरण तथा प्रभावकारी व्यवस्थापनका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखी लकडाउन घोषणा गरेको छ ।
उक्त लकडाउनबाट दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने नागरिकहरु प्रति राहत प्रदान गर्न म्याग्दे गाउँपालिकाले राहत कोष स्थापना गरेको छ ।
क्लबले नगद १५ हजार रुपैयाँ राहत कोषमा सहयोग गरेको हो । गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरेलाई क्लबका अध्यक्ष गौरव रानाले बुधबार उक्त रकम हस्तान्तरण गरेका थिए ।
गाउँपालिका स्थानिय स्तरमा रहेका विभिन्न संघ संस्थाको संरक्षक तथा अभिभावकको रुपमा रहने भएको हुँदा अन्य सामान्य समयमा गाउँपालिकाले आवश्यकता अनुसार सहयोग गर्ने क्लबका अध्यक्ष रानाले बताए ।
अहिले संक्रमणको विषम परिस्थितिमा कोरोना विरुद्धको लडाइँ जित्नको निम्ति गाउँपालिकालाई बल प्रदान गर्ने उद्देश्यले क्लबको तर्फबाट उक्त रकम सहयोग गरेको अध्यक्ष रानाले बताए ।
साथै इच्छुक महानुभावहरु,संघ संस्थाले उक्त राहत कोषमा सहयोग गर्न अध्यक्ष रानाले अनुरोध समेत गरेका छन । लक्ष्मी बैँक थर्पु शाखाको खाता नं.०७८०३०००१९ मा राहत रकम सहयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा