दमौलीका निजि अस्पताललाई व्यास नगरपालिकाले दियो पिपिई

दमौलीका निजि अस्पताललाई व्यास नगरपालिकाले दियो पिपिई

१

तनहुँ । तनहुँको व्यास नगरपालिकाले दमौलीमा निजि क्षेत्रबाट संचालित अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सहयोग गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ विरुद्ध ज्यानको जोखिम उठाएर आफ्नो काममा लागिपरेका स्वास्थ्यकर्मीहरु लाई हौसला र राहत होस भन्ने हेतुले पिपिई सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले निजि क्षेत्रबाट दमौलीमा सञ्चालित ४ अस्पताललाई पि.पि.ई हस्तान्तरण गरेको छ । अस्पताललाई एक-एक थान पिपिई दिइएको नगरपालिकाले जनाएको छ ।

कोरोना भाईरस (कोभिड १९)को जोखिम न्युनिकरणका लागि अस्पतालमा कार्यरत डाक्टरहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले पिपिई हस्तान्तरण गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

नगरप्रमुख न्यौपानेले दमौलीको एपोलो अस्पताल, रत्नहरी अस्पताल, व्यास नगर अस्पताल र समाधान अस्पतालका प्रतिनिधिलाई विहिबार उक्त सामाग्री हस्तान्तरण गरेका हुन।

सो अवसरमा नगरप्रमुख न्यौपानेले नगरवासीको स्वास्थ्यप्रति नगरपालिका संवेदनशिल रहेको बताए । स्वास्थ्य क्षेत्रसंग सम्बन्धित सबैले महामारीलाई पराजित गर्न जुट्नुपर्ने उनले बताए ।

सो अवसरमा निजि अस्पताल एसोसियसन तनहुँका अध्यक्ष एवं नेसनल एपोलो अस्पतालका प्रबन्ध निर्देशक चुडामणी दाहालले निजि क्षेत्रका अस्पताललाई पनि सम्झिएर व्यास नगरपालिकाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे ।

पिपिईले कार्यक्षेत्रमा जुट्नका लागि स्वास्थकर्मिलाई थप उर्जा मिल्ने दाहालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ