तनहुँ । तनहुँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको भेटिएको छ । तनहुँको बन्दिपुर गाउँपालिकाले बाडेको राहतको चामल सडेको भेटिएको हो ।
बन्दिपुर गाउँपालिकाले वडा नं. ५ मार्फत कल्चोक क्षेत्रका ८ ज्यालादारी विपन्न परिवारलाई वितरण गरेको चामल सडेको भेटिएको हो ।
चामलमा ढुसी आएर रंग समेत कालो भएको र अमिलो गन्ध समेत आईसकेको राहत लिएका रेशम विकले बताए ।
चामललाई ३-४ पटक धुँदा पनि कालो नगएको र एक दुई छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगरलाई कुँडो बनाएर खुवाउन थालिएको विकले बताए ।
विक्रेताबाट लिइएको चामल गोदामको तल चिसो भागमा परेको हुँदा समस्या देखिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । ‘गोदामको भुईमा रहेको ४ बोरा चामल सडेको रैछ ।’ अध्यक्ष थापाले भने ‘पसलमा गएर नयाँ चामल दिदैछौ ।’
वितरण गर्दा बोरा नखोली वितरण भएको हुँदा ४ बोरा चामल सडेको परेको बन्दिपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए ।
‘१५-१५ किलोको दरले ८ परिवार लाई दिइएको राहत चामल सडेको परेछ ।’ वडाअध्यक्ष लामिछानेले भने ‘बोरा नखोलि दिएका थियौ त्यही भएर वितरणको बेला थाहा भएन ।’ उनले थपे ‘अरुमा केही समस्या छैन ।’
साथै उक्त चामल फिर्ता गरी आजै अर्को राम्रो चामल वितरण गरिने वडाअध्यक्ष लामिछानेले बताए ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’