तनहुँ । तनहुँको शुक्लागण्डकीमा एक युवतीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । शुक्लागण्डकी वडा नं. ९ की १४ वर्षिय युवतीलाई विहिवार जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
आइसोलेसनमा रहेकी युवतीको ट्राभल हिस्ट्रि नभएपनि उनकी भिनाजु लक डाउनकै समयमा युएईबाट ससुराली आएका थिए । भिमाद घर भएका उनी करिव १ हप्ता शुक्लागण्डकी ९ स्थित ससुरालीमा बसेको शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।
‘ज्वरो र सास फेर्न समस्या भएको रहेछ ।’ श्रीवास्तवले भने, ‘स्वास्थ्य शाखाको सम्पर्कमा आएपछि एम्बुलेन्स मगाएर अस्पताल पठाएका हौं ।’
अस्पतालका प्रमुख डा. राम कुमार श्रेष्ठले हल्का ज्वरो आएको जानकारी दिए । ‘उनको आफन्त विदेशबाट आएकाले हामीले आइसोलेसनमा राखेका हौं ।’ डा. श्रेष्ठले भने ‘स्वास्थ्य अवस्था सामान्य छ ।’
युवतीको स्वाब परिक्षणका लागि पोखरा पठाईएको डा. श्रेष्ठले जानकारी दिए । रिर्पोट नआएसम्म आइसोलेसनमै राखिने अस्पतालले जनाएको छ । सो अस्पतालमा हाल २७ बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको छ ।
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण