तनहुँको शुक्लागण्डकीमा युवतीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि आइसोलेसनमा राखियो

तनहुँको शुक्लागण्डकीमा युवतीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि आइसोलेसनमा राखियो

Gp_koirala

तनहुँ । तनहुँको शुक्लागण्डकीमा एक युवतीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । शुक्लागण्डकी वडा नं. ९ की १४ वर्षिय युवतीलाई विहिवार जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

आइसोलेसनमा रहेकी युवतीको ट्राभल हिस्ट्रि नभएपनि उनकी भिनाजु लक डाउनकै समयमा युएईबाट ससुराली आएका थिए । भिमाद घर भएका उनी करिव १ हप्ता शुक्लागण्डकी ९ स्थित ससुरालीमा बसेको शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

‘ज्वरो र सास फेर्न समस्या भएको रहेछ ।’ श्रीवास्तवले भने, ‘स्वास्थ्य शाखाको सम्पर्कमा आएपछि एम्बुलेन्स मगाएर अस्पताल पठाएका हौं ।’

अस्पतालका प्रमुख डा. राम कुमार श्रेष्ठले हल्का ज्वरो आएको जानकारी दिए । ‘उनको आफन्त विदेशबाट आएकाले हामीले आइसोलेसनमा राखेका हौं ।’ डा. श्रेष्ठले भने ‘स्वास्थ्य अवस्था सामान्य छ ।’

युवतीको स्वाब परिक्षणका लागि पोखरा पठाईएको डा. श्रेष्ठले जानकारी दिए । रिर्पोट नआएसम्म आइसोलेसनमै राखिने अस्पतालले जनाएको छ । सो अस्पतालमा हाल २७ बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ