पोखरा । दुग्ध जन्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्दै आएको सुजल डेरी प्रा.लि. ले पोखराका उपभोक्ताका लागि निःशुल्क होम डेलीभरी सेवा प्रदान गर्ने भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण सिर्जित लकडाउनका बेला उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै दुध, दही लगायतका डेरी प्रडक्टहरुको डेलीभरी शुल्क बिना घर- घरमै उपलब्ध गराउने भएको सुजलले जनाएको छ ।
सुजलले शनिबारबाट पोखरामा ‘सफल Express: Free Home Delivery’ नामको सेवा शुरु गर्दै पोखरा क्षेत्रका उपभोक्ता र विक्रेतालाई घरमै आफ्ना प्रडक्टको नि:शुल्क डेलिभरी दिने भएको सुजल डेरीका बजार विभाग प्रतिनिधि रोविन काफ्लेले जानकारी दिए ।
यस क्षेत्रका उपभोक्ता तथा विक्रेताले ९८०१२४०२०४ मा फोन गरी सफलका उत्पादनहरु दुध, दही, पनिर, घ्यू, वटर र नौनी अर्डर गरेको खण्डमा बढीमा २४ घण्टा भित्र निःशुल्क डेलीभरी पाउने काफ्लेले बताए । उपभोक्ता तथा विक्रेताले हरेक दिन बिहान ९ बजे देखी दिउसो १ बजे सम्म अर्डर टिपाउन सक्ने काफ्लेले जनाए ।
निःशुल्क होम डेलीभरी सेवाको लागि भने उपभोक्तकाले न्यूनतम ८ सय रकम बराबर तथा विक्रेताकाले न्यूनतम १ हजार ५ सय रकम बराबरको सामाग्री अर्डर गर्नुपर्ने शर्त राखिएको सुजलले जनाएको छ ।
सफल Express सेवाले पोखरावासीको जीवनशैली सहज बनाउनेमा प्रा.लि. विश्वस्त रहेको जनाउदै सुजलले कोरोना भाइरसको संक्रमणसँग विश्व नै जुधिरहेको अवस्थामा सम्पूर्ण उपभोक्ताहरुलाई घरमै सुरक्षितरूपमा बस्न आग्रह समेत गरेको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो