पोखरामा सुजल डेरीले दुध र दुग्धजन्य पदार्थ नि:शुुुल्क होम डेलिभरी गर्नेे  

पोखरामा सुजल डेरीले दुध र दुग्धजन्य पदार्थ नि:शुुुल्क होम डेलिभरी गर्नेे  

received_682270455909268

पोखरा । दुग्ध जन्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्दै आएको सुजल डेरी प्रा.लि. ले पोखराका उपभोक्ताका लागि निःशुल्क होम डेलीभरी सेवा प्रदान गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण सिर्जित लकडाउनका बेला उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै दुध, दही लगायतका डेरी प्रडक्टहरुको डेलीभरी शुल्क बिना घर- घरमै उपलब्ध गराउने भएको सुजलले जनाएको छ ।

सुजलले शनिबारबाट पोखरामा ‘सफल Express: Free Home Delivery’ नामको सेवा शुरु गर्दै पोखरा क्षेत्रका उपभोक्ता र विक्रेतालाई घरमै आफ्ना प्रडक्टको नि:शुल्क डेलिभरी दिने भएको सुजल डेरीका बजार विभाग प्रतिनिधि रोविन काफ्लेले जानकारी दिए ।

यस क्षेत्रका उपभोक्ता तथा विक्रेताले ९८०१२४०२०४ मा फोन गरी सफलका उत्पादनहरु दुध, दही, पनिर, घ्यू, वटर र नौनी अर्डर गरेको खण्डमा बढीमा २४ घण्टा भित्र निःशुल्क डेलीभरी पाउने काफ्लेले बताए । उपभोक्ता तथा विक्रेताले हरेक दिन बिहान ९ बजे देखी दिउसो १ बजे सम्म अर्डर टिपाउन सक्ने काफ्लेले जनाए ।

निःशुल्क होम डेलीभरी सेवाको लागि भने उपभोक्तकाले न्यूनतम ८ सय रकम बराबर तथा विक्रेताकाले न्यूनतम १ हजार ५ सय रकम बराबरको सामाग्री अर्डर गर्नुपर्ने शर्त राखिएको सुजलले जनाएको छ ।

सफल Express सेवाले पोखरावासीको जीवनशैली सहज बनाउनेमा प्रा.लि. विश्वस्त रहेको जनाउदै सुजलले कोरोना भाइरसको संक्रमणसँग विश्व नै जुधिरहेको अवस्थामा सम्पूर्ण उपभोक्ताहरुलाई घरमै सुरक्षितरूपमा बस्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ