कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ ।
अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोरोना संक्रमित बिरामीमा औषधिको परीक्षण गरिएको थियो । सो परीक्षणको परिणाम सकारात्मक आएको बताइएको छ ।
उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक औषधी दिइएको थियो । जसमध्ये दुई तिहाईलाई फाइदा पुगेको बताइएको छ ।परीक्षणमा सहभागी ३० जना बिरामी मध्ये १७ जनालाई त्यो औषधी दिइएपछि उनीहरूको अवस्थामा सुधार आएको थियो भने श्वास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो ।
अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भएको प्रतिक्रिया दिएका छन् । तर उनीहरूले थप अध्ययन र तथ्यांक उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताए । रेम्डेसिभिर औषधिको बृहत्तर परीक्षणको परिणाम आउन केही साता लाग्नेछ । यसअघि रेम्डेसिभिर औषधीको अर्को परीक्षण इंग्ल्यान्ड र स्कटल्यान्डमा सुरु गर्न लागिएका विवरण सार्वजनिक भएका थिए ।
सरकारले अनुमति दिएपछि त्यहाँका १५ वटा स्वास्थ्य संस्थामा त्यसको परीक्षण थाल्न लागिएको घोषणा दुई साता अघि भएको थियो ।
गिलियडले बेलायतमा कोरोनाका सामान्य लक्षण भएका बिरामीमा त्यसको परीक्षण गर्न लागेको हो । त्यसको नेतृत्व संक्रामक रोगका परामर्शदाता डाक्टर एन्ड्रु युस्टियानोस्कीले गर्न लागेका छन् ।
सम्बन्धित खबर
बाइडेनले त्यागे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन
बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यु जारी, ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित, बाइडेनद्वारा घटनाको निन्दा
अक्षय कुमारलाई कोरोना संक्रमण
श्रीलङ्काका कप्तान हसरंगाले दिए राजीनामा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग