तनहुँ । तनहुँको भानु नगरपालिकामा आइतबार ३५ जनाको र्यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) किटबाट कोरोना भाइरस (कोभिड-१९)को परीक्षण गरिएको छ ।
नगरपालिकामा आरडिटि किट प्राप्त भएपछि आइतबार बिहानैदेखि परीक्षण सुरु गरिएको हो ।
भारत, दुबइ, कतार लगायत विभिन्न मुलुकबाट चैत्र ४ गते यता नगरपालिका भित्रिएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरटिडि किटमार्फ परीक्षण गरिएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ऐस्वर्यचन्द्र भट्टराइले बताए ।
उनले भने, ‘प्रत्येक वडामा रहेको स्वास्थ्य केन्द्रमा पुगेर आरडिटि किटले परीक्षण गरेका हौं ।’ नगरपालिकामा ५१ वटा किट आएको थियो । त्यसमध्ये ३५ वटा किट प्रयोग भैसकेको छ र अब ४ जनाको मात्र परीक्षण गर्न बाँकी रहेको उनले बताए ।
घर तथा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेर १४ दिन पुगेका र २१ दिन ननाघेका ३६ जना पुरुष र ३ जना महिला गरी ३९ जनाको आरटिडि किटबाट परीक्षण गरिने नगरपालिकाले बताएको छ ।
जसमध्ये ३५ जनाको आइतबार परीक्षण भैसकेको र ४ जनाको सोमबार बिहानै परीक्षण हुने स्वास्थ्य शाखा प्रमुख भट्टर्राईले बताए ।
चैत्र १ गते यता भानु नगरपालिकामा ७७ जना विदेशबाट फर्किएका नागरिक छन् । त्यस्तै, जिल्लाभर ७२३ जना विदेशबाट फर्किएका जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान