तनहुँको भानुमा विदेशबाट फर्किएका ३५ जनाको कोरोना भाइरसको र्‍यापिड टेस्ट गरियो

तनहुँको भानुमा विदेशबाट फर्किएका ३५ जनाको कोरोना भाइरसको र्‍यापिड टेस्ट गरियो

Corona Rapid Test Kit

तनहुँ । तनहुँको भानु नगरपालिकामा आइतबार ३५ जनाको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) किटबाट कोरोना भाइरस (कोभिड-१९)को परीक्षण गरिएको छ ।

नगरपालिकामा आरडिटि किट प्राप्त भएपछि आइतबार बिहानैदेखि परीक्षण सुरु गरिएको हो ।

भारत, दुबइ, कतार लगायत विभिन्न मुलुकबाट चैत्र ४ गते यता नगरपालिका भित्रिएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरटिडि किटमार्फ परीक्षण गरिएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ऐस्वर्यचन्द्र भट्टराइले बताए ।

उनले भने, ‘प्रत्येक वडामा रहेको स्वास्थ्य केन्द्रमा पुगेर आरडिटि किटले परीक्षण गरेका हौं ।’ नगरपालिकामा ५१ वटा किट आएको थियो । त्यसमध्ये ३५ वटा किट प्रयोग भैसकेको छ र अब ४ जनाको मात्र परीक्षण गर्न बाँकी रहेको उनले बताए ।

घर तथा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेर १४ दिन पुगेका र २१ दिन ननाघेका ३६ जना पुरुष र ३ जना महिला गरी ३९ जनाको आरटिडि किटबाट परीक्षण गरिने नगरपालिकाले बताएको छ ।

जसमध्ये ३५ जनाको आइतबार परीक्षण भैसकेको र ४ जनाको सोमबार बिहानै परीक्षण हुने स्वास्थ्य शाखा प्रमुख भट्टर्राईले बताए ।

चैत्र १ गते यता भानु नगरपालिकामा ७७ जना विदेशबाट फर्किएका नागरिक छन् । त्यस्तै, जिल्लाभर ७२३ जना विदेशबाट फर्किएका जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ