र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको बागलुङकी महिलाको रिपोर्ट पुनः परिक्षण गर्दा नेगेटिभ

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको बागलुङकी महिलाको रिपोर्ट पुनः परिक्षण गर्दा नेगेटिभ

Corona Rapid Test Kit

पोखरा । र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको बागलुङकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको रिपोर्टलाई पुनःपरिक्षण गर्दा नेगेटिभ आएको हो ।

स्वास्थ निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार पुनःपरिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

‘एकदमै कन्फर्म हो,’ उनले भने, ‘पुनःपरिक्षणको लागि उहाँको स्वाब पोखरा ल्याइएको थियो । पुनःपरिक्षण गरेर हेर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको छ ।’

बागलुङमा यसअघि नै दुई जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उ

नीहरुको अहिले उपचार भई रहेको छ । संक्रमित भनिएकी महिला केही समय अघि तिर्थ यात्रामा गएर आएकी थिइन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ