सेती नदीले बगाउँदा तनहुँमा महिलाको मृत्यु, एक घाइते

सेती नदीले बगाउँदा तनहुँमा महिलाको मृत्यु, एक घाइते

Drowing in river

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीले बगाउँदा मंगलबार एक महिलाको मृत्यु भएको छ ।

सेती नदीले बगाएर मृत्यु हुनेमा भिमाद नगरपालिका-५ ऋषिङपाटनकी ४४ वर्षीया पञ्चमाया गुरुङ रहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । एक पुरुष भने घाइते भएका छन् ।

घाँस काट्न हिँडेका उनीहरुलाई सेती नदी तर्ने क्रममा बगाएको प्रहरीले बताएको छ । उद्धार गरी जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकी पञ्चमायालाई चिकित्सकले मृत घोषणा गरेको बेलचौताराका प्रहरी निरीक्षक रेग्मीले बताए ।

घाइते भएका ५५ वर्षीय खड्कसिंह गुरुङको भने गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ