रबिन पौडेल । सुरु देखि नै पंत्तिकारले भारतबाट आयात हुने तरकारीबाट कोभिड संक्रमणको जोखिम हुनसक्ने मत राख्दै वडा कार्यसमिति र टोल विकास संस्थाहरुको समेत समन्वयमा जिल्लाभित्रका तरकारी टोल टोलमा वितरण गर्ने वैकल्पिक व्यवस्था सहित सव्जी मण्डी बन्द गर्ने निर्णय गरियो तर त्यस्को १२ घण्टा पनि नवित्दै निर्णय उल्ट्याइएछ औचित्य समेत नबुझिकन ।
भारतबाट तरकारी आयात भएको पुष्टि भए पछि उक्त कदम चालिएको थियो ।
यतिवेला भारतमा कोरोना महामारीले देश हल्लाईरहँदा र नेपालका विभिन्न स्थान गोरखामा समेत संक्रमित देखा पर्न थालेपछि भएभित नगरवासिहरुले आयातित तरकारीको सन्दर्भ फेरी उठाउन सुुझाउनुुभएकाले फेरी एक पटक यस विषयमा गम्भिर हुन सरोकारवाला निकायलाई अनुरोध गर्दछु ।
हरेक विपक्तिमा पनि केही अवसर हुन्छ, कृषिलाई पहिलो प्राथमिकतामा राखेका हामीले स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्ने मौका पनि हुन सक्छ यतिवेला ।
फलफुल जुन पकाएर खाइँदैन त्यसमा झन् उच्च जोखिम छ, हाललाई समस्या नदेखिए पनि भोलि त्यो समस्या हुन सक्ने जोखिम छ भने जोखिम मोल्ने की नमोल्ने ? अथवा स्थानिय उत्पादनलाई यसै मेसोमा किन नजोड्ने ?
आशा गरौँ हामीले त्यस्ता समस्या भोग्न नपरोस् कथंकदाचित भोग्नुपर्यो भने पछुुतो गर्नु शिवाय कुनै विकल्प हुने छैनन् हामी सामु त्यतिवेला ।
अस्तुः
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण