रबिन पौडेल । सुरु देखि नै पंत्तिकारले भारतबाट आयात हुने तरकारीबाट कोभिड संक्रमणको जोखिम हुनसक्ने मत राख्दै वडा कार्यसमिति र टोल विकास संस्थाहरुको समेत समन्वयमा जिल्लाभित्रका तरकारी टोल टोलमा वितरण गर्ने वैकल्पिक व्यवस्था सहित सव्जी मण्डी बन्द गर्ने निर्णय गरियो तर त्यस्को १२ घण्टा पनि नवित्दै निर्णय उल्ट्याइएछ औचित्य समेत नबुझिकन ।
भारतबाट तरकारी आयात भएको पुष्टि भए पछि उक्त कदम चालिएको थियो ।
यतिवेला भारतमा कोरोना महामारीले देश हल्लाईरहँदा र नेपालका विभिन्न स्थान गोरखामा समेत संक्रमित देखा पर्न थालेपछि भएभित नगरवासिहरुले आयातित तरकारीको सन्दर्भ फेरी उठाउन सुुझाउनुुभएकाले फेरी एक पटक यस विषयमा गम्भिर हुन सरोकारवाला निकायलाई अनुरोध गर्दछु ।
हरेक विपक्तिमा पनि केही अवसर हुन्छ, कृषिलाई पहिलो प्राथमिकतामा राखेका हामीले स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्ने मौका पनि हुन सक्छ यतिवेला ।
फलफुल जुन पकाएर खाइँदैन त्यसमा झन् उच्च जोखिम छ, हाललाई समस्या नदेखिए पनि भोलि त्यो समस्या हुन सक्ने जोखिम छ भने जोखिम मोल्ने की नमोल्ने ? अथवा स्थानिय उत्पादनलाई यसै मेसोमा किन नजोड्ने ?
आशा गरौँ हामीले त्यस्ता समस्या भोग्न नपरोस् कथंकदाचित भोग्नुपर्यो भने पछुुतो गर्नु शिवाय कुनै विकल्प हुने छैनन् हामी सामु त्यतिवेला ।
अस्तुः
सम्बन्धित खबर
तनहुँमा प्रहरीलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ
तनहुँको एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
तनहुँमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
१० औं गामी छाक्रा कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम माघ १८ देखि
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति