किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका-४ स्थित लोहिपाखा सामुदायिक बनमा राखिएको फलामे खोरमा बुधबार बिहान चितुवा मृत अवस्थामा फेला परेको थियो ।
चितुवाबाट आक्रमणको घटना बढ्न थालेपछि राखिएकाे खाेरमा चितुवा मृत अवस्थामा फेला परेकाे हाे ।
मंगलबार राती जिल्लामा आठौं चितुवा खोरमा डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । उनले भने ‘चितुवा अन्दाजी ८ देखि ९ वर्षको र ३० केजी जति तौलको रहेको छ ।’
मृत अवस्थामा फेला परेतापनि चितुवा लाई रडले घोचेर मारेको चितुवाको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

‘टाउकोमा चोट लागेको कारण चितुवाको मृत्यु भएको रिपोर्टले देखायो ।’ प्रमुख बरालले भने ‘खोरमा परेको चितुवालाई रडले घोचेर मारेको देखियो ।’
उक्त विषयमा स्थानीय संग बुझ्दा केही थाहा नभएको बताएको प्रमुख बरालले जानकारी दिए । फलामे खोरमा रगतै रगत लागेको थियो । चितुवाको माथिल्लो भागमा ३, ४ ठाउँमा चोट लागेको प्रमुख बरालले जानकारी दिए ।
उक्त चितुवालाई डिभिजन बन कार्यालय तनहुँको परिसरमा खाल्डो खनेर गाडिएको छ ।
के छ चितुवा मार्ने लाई कानुनी कारबाही ?
चितुवा मार्ने लाई एक वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने प्रमुख बरालले जानकारी दिए । अहिले मुद्दा दर्ता गरेर अनुसन्धान गरिने उनले बताए ।
गत २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षिय इश्क सुनारको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । चितुवाले बालक खाएपछी लोहिपाखामा पासो थापिएको फलामे खोरमा यस अघि २०७६ माघ २४ गते शुक्रबार पनि एउटा चितुवा परेको थियो ।
यसअघि भानु नगरपालिकाको विभिन्न बनमा राखिएको काठको खोरमा ५ वटा चितुवा परेका थियो । त्यसैगरि व्यास नगरपालिकामा गत पुष ९ गते पहिलोपटक व्यास नगरपालिका वडा नं. ९ मा पोथी चितुवा फलामे खोरमा परेको थियो ।

तनहुँको भानु नगरपालिका हुदै आबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दिपुर गाउँपालिका क्षेत्रमा चितुवाले पछिल्लो समय आतंक मच्याएको छ ।
तनहुँमा नरभक्षी चितुवाले आतंक मच्चाईरहँदा कास्कीको पोखरामा समेत बालिकाको ज्यान लिएको थियोे । पोखरा महानगरपालिका ३२ काठेगाउँकी ७ वर्षीया बालिकाको केहि समय अघि चितुवाले ज्यान लिएको थियो ।
९ जनाको मृत्यु, ४ घाइते
जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाएका छन । त्यस्तै ४ जना बालबालिका घाइते रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । अहिले सम्म ७ वटा चितुवा खोरमा परेका छन । तनहुँको भानु नगरपालिकाको विभिन्न बनमा चितुवाले आतंक मच्याएको थियो । तर अहिले उक्त स्थानमा शान्त रहेको छ ।
यी हुन चितुवाको आक्रमणबाट ज्यान गुमाउने ९ बालबालिका
तनहुँमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाईसकेका छन । चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, विक्रम संवत् २०७५ मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।
त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी-३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षिय इश्क सुनारको मृत्यु भईसकेको छ ।
त्यस्तै २ वर्षको अवधिमा ४ जना बालबालिका चितुवाको आक्रमणबाट घाइते छन ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन