तनहुँको देवघाटमा माछा मार्ने क्रममा एक पुरुष बेपत्ता

तनहुँको देवघाटमा माछा मार्ने क्रममा एक पुरुष बेपत्ता

Drowing in river

तनहुँ । तनहुँमा माछा मार्ने क्रममा एक पुरुष सेती नदीमा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार देवघाट गाउँपालिका ५ काफलस्वाराका ५९ वर्षीय रिम्के भुजेल बेपत्ता भएका हुन् ।

देवघाट गाउँपालिका–४ साराङघाटस्थित नदीको किनारमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर भुजेल बेपत्ता भएका प्रहरीको भनाइ छ ।

उनको स्थानीय प्रहरीसहित मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ