म्याग्देको भिडभाड हुने क्षेत्रमा छर्किइयो डिसइन्फेक्सन स्प्रे

म्याग्देको भिडभाड हुने क्षेत्रमा छर्किइयो डिसइन्फेक्सन स्प्रे

93418487_3067774823312121_301232251474018304_n

तनहुँ । कोरोना भाइरसको संक्रमण फैलन नदिन म्याग्दे गाउँपालिका वडा नं.६ स्थित पर्ने पृथ्वीराजमार्ग आसपास क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छरिएको छ ।

कोरोना भाईरस (कोभिड–१९)को रोकथाम र न्युनिकरण गर्नको लागि म्याग्दे गाउँपालिका वडा नं. ६ को समन्वयमा सेवक क्लबको सक्रियतामा नेशनल माईक्रोफाईनान्स वित्तीय संस्थाको आर्थिक सहयोगमा भीडभाड हुने क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छरिएको म्याग्दे-६ का वडाअध्यक्ष बसन थापाले बताए ।

प्राविधिकको सल्लाह अनुसार क्लोरिनमा पानी मिसाएर बनाईएको डिसइन्फेक्सन स्प्रे छरिएको वडाअध्यक्ष थापाले जानकारी दिए ।

धेरै भीडभाड हुने विभिन्न संघ संस्थाको कार्यालय, बसपार्क, टोल, बस्ती र सार्वजनिक स्थलहरुमा डिसइन्फेक्सन स्प्रे छरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ