काँग्रेसका युवा नेता पौडेलद्वारा तनहुँका ५ स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काँग्रेसका युवा नेता पौडेलद्वारा तनहुँका ५ स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

तनहुँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले गृह जिल्ला तनहुँका ५ स्थानीय तहलाई कोरोना नियन्त्रण सम्बन्धी स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, रिसिङ्ग गाउँपालिका, घिरिङ्ग गाउँपालिका, म्याग्दे गाउँपालिकालाई थर्मगन, सर्जिकल मास्क, पिपिई रडिजिटल थर्मोमिटर लगायतका सामग्री आज हस्तान्तरण गरेका हुन्।

नेता पौडेलले आफ्नो सर्कलमा रहेका साथिभाइ तथा शुभचिन्तकहरुबाट सहयोग सामाग्री जुटाएर गृह जिल्ला तनहुँमा वितरण गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ