तनहुँको शुक्लागण्डकीमा पाँच जनासम्म मजदुर खटाएर निर्माणको काम गर्न पाईने

तनहुँको शुक्लागण्डकीमा पाँच जनासम्म मजदुर खटाएर निर्माणको काम गर्न पाईने

Shuklagandaki Napa

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले लकडाउनको समयमा पनि भौतिक निर्माणको काम गर्न दिने भएको छ ।

लकडाउन अगाडी ल्याएका निर्माण सामाग्री फाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै पाँच जनासम्म मजदुर खटाएर काम गर्न दिईने नगरप्रमुख किसान गुरुङले बताए । ‘मौज्दात भएका निर्माणका सामाग्री बिग्रन सक्छन् । तसर्थ सामाजिक दुरी कायम गर्दैै सावधानी अपनाएर काम गर्न दिने निर्णय गरेका छौँ’, उनले भने ।

सामाग्री मौज्दात नभएमा काम गर्न नपाईने उनको भनाई छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्न मुलुक पुरै लकडाउन गरेपछि यहाँ सञ्चालित बिकासका योजनासंगै भौतिक संरचना निर्माणको काम चार हप्तादेखी रोकिएको छ ।

मौज्दात रहेको सिमेन्ट लगायत निर्माण सामाग्रीको हिनामिना भएपछि शनिबार बसेको कार्यपालिकाले बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बाहिरी जिल्लाबाट निर्यात गरिने तरकारीमा रोक लगाईएको छ ।

भारतबाट आएका हरिया तरकारी देशका विभिन्न जिल्लाबाट ल्याएको बताउँदै व्यपारीले शुक्लागण्डकीका बजारमा बिक्रीवितरण गर्दा कोरोनाको जोखिम बढेकाले रोकेको मेयर गुरुङले जानकारी दिए ।

नगरपालिकाले लकडाउनको अवधी महिनौसम्म थपिने सम्भावना रहेकाले स्थानिय उत्पादनलाई बढवा दिने भएको छ । ‘स्थानिय उत्पादनलाई प्रोत्सहान गर्न सहुलियत दरमा आवश्यक विउविजन वितरण गर्नेछौँ’, उनले अगाडी भने, ‘मल ढुवानीको व्यवस्थापनमा पनि सहजीकरण हुन्छ ।’

नगरपालिकामा खाद्यन्न, तरकारी, दुग्धजन्य पदार्थ लगायत दैनिक उपभोग्य बस्तुको खरिदबिक्री गर्ने पसल सञ्चालनको समय पनि घटाईएको छ ।

यसअगाडी जिल्ला प्रशासनले विहान ७ देखी १० बजेसम्म दैनिक तीन घण्टा त्यस्ता पसल सञ्चालन गर्न अनुमति दिएको थियो । शुक्लागण्डकीले एक घण्टाको अवधी घटाउदै विहान ७ बजेदेखी ९ बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको छ । उक्त समयमा खरिदबिक्रीका लागी वडाले एक घर एक पासको व्यवस्था गर्ने जनाईएको छ ।

यस्तै, कुखुराको बिक्रीवितरणमा सहज गराउने, लकडाउनले गर्दा चुल्हो बल्ने स्थिती नभएका विपन्न र मजदुर वर्ग परिवारलाई यसअगाडी राहत वितरण गर्दा छुट भएकाले उपलब्ध गराउने निर्णय भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ