बन्दिपुर गाउँपालिकाले सबै जनप्रतिनिधिको एक महिनाको भत्ता विपद व्यवस्थापन कोषमा जम्मा गर्ने

बन्दिपुर गाउँपालिकाले सबै जनप्रतिनिधिको एक महिनाको भत्ता विपद व्यवस्थापन कोषमा जम्मा गर्ने

Bandipur-Rural-Municipality

तनहुँ । तनहुँको बन्दिपुर गाउपलिकाले सबै जनप्रतिनिधिको एक महिनाको भत्ता विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

कार्यपालिका बैठकले सम्पुर्ण बोर्ड सदस्य, वडाअध्यक्ष तथा सदस्यहरुको एक महिना बराबरको भत्ता विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) विरुद्ध बन्दिपुर गाउँपालिकाले स्थापना गरेको राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गाउँपालिकाको बैठकले गरेको छ ।

विश्वब्यापी रूपमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस विरुद्ध सचेतना, सतर्कता, स्वास्थ सामाग्री, राहत वितरण र आपतकालीन अवस्थामा खर्च गर्नको लागि भन्दै उक्त कोषमा रकम सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

बन्दिपुर गाउँपालिकाले यसअघि नै कोरोना भाइरस विरुद्धको आपतकालीन राहत कोषमा प्रदेशको ५ लाख सहित ३२ लाख रकम छुट्टाईसकेको छ ।

गाउँपालिकाको सबै जनप्रतिनिधिहरुले एक महिना बराबरको भत्ता रकम सहयोग गर्दा करिब ४ लाख रुपैयाँ हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ