किरण श्रेष्ठ, तनहुँ । तनहुँमा जिल्ला बाहिरबाट आउने तरकारी प्रवेशमा रोक लगाउने निर्णय भएको छ । तनहुँका स्थानीय तहहरुले कोरोनाको जोखिम बढेको भन्दै विभिन्न छिमेकी जिल्लाबाट आउने तरकारी जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।
तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकाको अगुवाईमा शनिबार बसेको केही स्थानीय तह, सुरक्षा अधिकारी तथा व्यवसायीहरुको संयुक्त बैठकले देशका अन्य जिल्ला र छिमेकी देश भारतबाट आउने तरकारीलाई जिल्ला प्रवेशमा रोक लगाएको हो ।
उक्त बैठकले जिल्लामा भारत र चीनबाट आउने फलफूल आयातमा समेत प्रतिबन्धको लगाएको छ ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले देशभर बढीरहेको कोरोनाको जोखिमलाई मध्यनजर गरी यस्तो निर्णय गरिएको उनले बताए ।
बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा जोखिम कम गर्ने हिसाबले निर्णय गरेको बताए ।
जिल्लाका अन्य स्थानीय तह संग समेत यस विषयमा थप छलफल र सहकार्य गरिने बैठकमा सहभागी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए ।
जिल्लाभित्रका किसानले उत्पादन गरेको तरकारीले उचित बजार नपाउदा दुःखित किसान भने यो निर्णय संगै खुशी भएका छन ।
जिल्लाको आबुखैरेनी गाउँपालिकाबाट मात्रै दैनिक २० हजार किलो तरकारी आपूर्ति गर्न सकिने किसानहरु बताउछन ।
साथै दमौली बजार गत चैत १ गते देखी बिहान ७ बजे देखि १० बजेसम्म खोल्ने निर्णय भएको थियो तर व्यवस्थित नभएकाले घरको १ जना मात्रै सामान खरिद गर्न जान अनुरोध गर्ने निर्णय गरिएको छ । एक हप्ता सम्म पनि सुधार नभए थप कडाइ गर्ने उक्त बैठकले निर्णय गरेको छ ।
सम्झौता भैइसकेको सार्वजनिक निर्माणका काम स्थानीय निर्माण सामाग्री र कामदार प्रयोग गरि सम्बन्धित स्थानीय तहसंगको समन्वयमा सुचारु गर्ने निर्णय समेत भएको छ ।
मृत्यु भएमा धर्म परम्परा अनुसार काजकिरिया गर्न, जटिल बिरामी आवातजावत र अत्यावश्यक सामान ढुवानी बाहेक अन्य सवारी साधन आवातजावतमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।
आइसोलेसन अस्पतालको पहुँचबाहिर भएपछि क्वारेन्टाइन !
कोरोना संक्रमित बिरामी राख्नका लागि बनाइएको आइसोलेसन अस्पतालको पहुँच बाहिर भएपछि क्वारेन्टाइन बनाईने भएको छ ।
व्यास गुफा नजिक क्रियापुत्री भवनमा बनाइएको आइसोलेसन दमौली अस्पतालको पहुँच बाहिर भएको भन्दै शनिबार बसेको वर्तमान कोभिड १९ को विरुद्धको अभियानको समिक्षा बैठकले उक्त भवनलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।
उक्त भवनमा सट्टा दमौली अस्पतालको पुरानो भवनलाई आइसियु सहितको उपचार केन्द्र बनाउने गरि तत्काल पुर्वाधार निर्माण गर्ने निर्णय गरेको छ ।
औषधि पसलहरु नियमित खुलाउनुपर्ने गुनासो आएको हुँदा नियमित खोल्न अनुरोध गर्ने र अनुगमन समेत गर्ने उक्त बैठकले निर्णय गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन