काठमाडौं । मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले बताएको छ ।
आइतबार मुस्लिम आयोगको कार्यालय भएको सर्वपक्षिय छलफलले कुनैपनि मस्जिद र मदरसाहरुमा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो ।
आयोगका अध्यक्ष समिम मिया अन्सारीले नेपालको सद्भावमाथि खलल पुर्याउने तत्वहरुले सामाजिक सञ्जालमा जमातीहरु लुकेर बसेको आरोप लगाएको बताए ।
यसअघि नै कुन ठाउँमा कति जमाती रहेका छन् भन्ने कुराको जानकारी गृह मन्त्रालय र प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुमा दिइएको पनि उनले बताए ।
आयोगको सर्वपक्षिय छलफलले मस्जिद र मदरसा रहेका जिल्लामा अनुगमन गर्न प्रतिनिधिमण्डल बनाउने निर्णय पनि गरेको छ ।
प्रतिनिधिमण्डलले मदरसा र मस्जिद रहेका जिल्लामा हुने अनुगमनमा प्रहरी र जिल्ला प्रशासन कार्यालयहरुलाई सहयोग गर्ने उनले बताए ।
मुलुक कोभिड—१९ संक्रमणको जोखिमसँग लडिरहेका बेला विभिन्न इस्यु बनाएर जातीय द्वन्द फैलाउने काम भएको प्रति आयोगले आपत्ति समेत व्यक्त गरेको छ ।
उदयपुर र पर्साको मस्जिदमा रहेका जमातीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि मुस्लिम समुदायका व्यक्तिहरु कोरोना भाइरस फैलाउन उद्त रहेको आरोप लाग्दै आएको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्