सांसद किसानको उद्योगमा कार्यरत मजदुरलाई तलब संगै थप १० प्रतिशत ‘लकडाउन भत्ता’

सांसद किसानको उद्योगमा कार्यरत मजदुरलाई तलब संगै थप १० प्रतिशत ‘लकडाउन भत्ता’

Kishan Shrestha

तनहुँ । प्रतिनिधि सभा सदस्य समेत रहेका उद्योगी कृष्णकुमार श्रेष्ठ (किसान)ले आफ्ना दुई उद्योगमा कार्यरत मजदुरलाई लकडाउन अवधिको तलबमा १० प्रतिशत थपेर दिने घोषणा गरेका छन् ।

बाराको सिमरास्थित ग्यास वान नेपाल र क्लासिक एग्रिकल्चरमा कार्यरत मजदुरको तलबमा लकडाउनको अवधिमा थप दश प्रतिशत बढाउने घोषणा गरेका हुन् ।

संकटको बेला अत्यावश्य सेवामा कार्यरत मजदुरको मनोबल बढाउन मासिक तलबमा १० प्रतिशत वृद्धि गरिएको उनले बताए ।

खाना पकाउने ग्यासको अभाव हुन नदिन मजदुरलाई नियमित काममा लगाइएकाले उनीहरुको तलबमा वृद्धि गरिएको र क्लासिक एग्रिकल्चरअन्तर्गत मेवा खेतीमा संलग्न मजदुरलाई पनि सोही सुविधा दिइने श्रेष्ठले बताए ।

तनहु क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद श्रेष्ठले मजदुरको तलबमा १० प्रतिशत थपको निर्णय अघिल्लो महिनाबाटै लागू हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds