क्रियापुत्री भवनको आइसोलेसन अस्पतालको पहुँचबाहिर भएपछि दमौली अस्पतालमै आइसोलेसन !

क्रियापुत्री भवनको आइसोलेसन अस्पतालको पहुँचबाहिर भएपछि दमौली अस्पतालमै आइसोलेसन !

Damauli hospital Purano bhawan & letter

किरण श्रेष्ठ, तनहुँ । कोरोना संक्रमित बिरामी राख्नका लागि बनाइएको आइसोलेसन अस्पतालको पहुँच बाहिर भएपछि क्वारेन्टाइन बनाईने भएको छ ।

व्यास गुफा नजिक रहेको क्रियापुत्री भवन । जहाँ यसअघि आइसोलेसन बनाइएको थियो ।

व्यास गुफा नजिक क्रियापुत्री भवनमा बनाइएको आइसोलेसन दमौली अस्पतालको पहुँच बाहिर भएको भन्दै शनिबार बसेको वर्तमान कोभिड १९ को विरुद्धको अभियानको समिक्षा बैठकले उक्त भवनलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

क्रियापुत्री भवनको सट्टा दमौली अस्पतालको पुरानो भवनलाई आइसियु सहितको उपचार केन्द्र बनाउने गरि तत्काल पुर्वाधार निर्माण गर्ने निर्णय गरेको छ ।

पहिले नै विचार नगरी क्रियापुत्री भवन खाली देखेर उक्त भवनमा आइसोलेसन बनाइएपनि अस्पतालको पहुँच बाहिर भएको भन्दै शनिबार उक्त भवनमा क्वारेन्टाइन बनाउने निर्णय गरिएको हो । अहिले व्यास नगरपालिका भित्र बनाइएको क्वारेन्टाइनमा विदेशबाट फर्केका कोहि पनि नेपाली बसेका छैनन् ।

दमौली अस्पतालको पुरानो भवन ।

दमौली अस्पताल संगै रहेको अस्पतालको पुरानो भवनमा आइसोलेसन बनाउने भएपछि कोरोना पोजेटिभ भेटिएको खण्डमा अस्पतालमा आउने बिरामीहरु विशेषगरि प्रस्तुती सेवा लिन आउनेलाई जोखिम हुने देखिन्छ । कोरोनाको संक्रमण देखिएको खण्डमा अस्पतालबाट प्रवाह हुने अन्य सेवा रोकिन सक्ने देखिन्छ ।

अहिले आइसोलेसन बनाउन लागिएको दमौली अस्पतालको पुरानो भवनमा दमौली अस्पतालमा कार्यरत स्थायी र करारका कर्मचारी बस्दै आएका छन । तर एकासी उक्त निर्णय आउँदा बस्दै आएको भवन छोडेर अन्त सर्न यो समयमा गाह्रो हुने अस्पतालका एक कर्मचारीले बताए ।

कोठा खाली गर्न भन्दै दमौली अस्पतालले कर्मचारीलाई काटेको पत्र ।

दमौली अस्पतालले आइतबार उक्त पुरानो भवनमा बस्दै आएका कर्मचारीलाई कार्यालय प्रयोजनका लागि कोठा आवश्यक रहेको भन्दै कोठा खाली गर्न पत्र समेत काटेको छ ।

साथै दमौली बजार गत चैत १ गते देखी बिहान ७ बजे देखि १० बजेसम्म खोल्ने निर्णय भएको थियो तर व्यवस्थित नभएकाले घरको १ जना मात्रै सामान खरिद गर्न जान अनुरोध गर्ने निर्णय गरिएको छ । एक हप्ता सम्म पनि सुधार नभए थप कडाइ गर्ने उक्त बैठकले निर्णय गरेको छ ।

सम्झौता भैइसकेको सार्वजनिक निर्माणका काम स्थानीय निर्माण सामाग्री र कामदार प्रयोग गरि सम्बन्धित स्थानीय तहसंगको समन्वयमा सुचारु गर्ने निर्णय समेत भएको छ ।

मृत्यु भएमा धर्म परम्परा अनुसार काजकिरिया गर्न, जटिल बिरामी आवातजावत र अत्यावश्यक सामान ढुवानी बाहेक अन्य सवारी साधन आवातजावतमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

साथै उक्त बैठकले तनहुँमा जिल्ला बाहिरबाट आउने तरकारी र फलफूल आयातमा समेत रोक लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds