तनहुँको दमौलीमा झ्यापझ्याप लाइन जाने समस्या हट्यो, विद्युत् प्राधिकरणले राख्यो नयाँ सिटि फिडर

तनहुँको दमौलीमा झ्यापझ्याप लाइन जाने समस्या हट्यो, विद्युत् प्राधिकरणले राख्यो नयाँ सिटि फिडर

Damauli City Fider

किरण श्रेष्ठ, तनहुँ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तनहुँ दमौलीले बजार क्षेत्रको विद्युत् आपूर्तिमा सहज बनाउन सिटी फिडर राखेको छ । दमौली बजार क्षेत्रमा विद्युत् प्रवाहबाट हुनसक्ने समस्या कम गर्ने उद्देश्यले सिटी फिडर जडान गरिएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

हावाहुरी र पानि पर्नासाथ बजार क्षेत्रमा बिजुली जाने समस्याबाट दमौली मुक्त भएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले नयाँ दमौली सिटी फिडर निर्माण गरि गाउँ र शहरको लाईन छुट्टाएको छ । झ्याप-झ्याप लाइन जाने समस्या हट्नुका साथै अब दमौलीवासीलाई सहज विद्युत् प्रवाह हुने प्राधिकरणले जनाएको छ ।

अब मुख्य बजार क्षेत्रको ट्रान्सफर्मरबाट प्रवाह हुने विद्युतको गुणस्तरमा समेत व्यापक सुधार हुने तनहुँ वितरण केन्द्रले जनाएको छ । यसअघि दमौलीमा दैनिक १५-२० पटकसम्म लाइन आउने जाने गरेको थियो । लाइन आउने जाने गर्दा धेरै विद्युतिय उपकरण बिग्रने समस्या भएको दमौलीबासि बताउछन ।

फिडर राखेपछि विद्युतको कारणले गर्दा दमौलीको व्यापार, व्यवासयमा पर्ने क्षति न्यूनीकरण हुने नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख कपिल पाण्डेले बताए । सहरीकरण बढ्दै गएको दमौली बजार क्षेत्रलाई छुट्टै विद्युत् व्यवस्थापनका निम्ति सिटि फिडर राखिएको पाण्डेले जानकारी दिए ।

‘दमौलीमा सहरीकरण बढ्दै गएको छ ।’ प्रमुख पाण्डेले भने ‘छुट्टै फिडर राखेपछि प्राधिकरणप्रतिको विश्वास अझै बढ्नेछ ।’ पाण्डेले भने ‘अब देशभर वितरण हुने विद्युतमा समस्या भए मात्रै लाइन जान्छ नत्र दमौलीमा लाइन जाने समस्या न्यून मात्र हुन्छ ।’ धेरै पहिलेदेखि गर्न खोजिएको सिटि फिडरको लागि स्थानियको बिबादका कारण अहिले सम्म हुन सकेको थिएन । अझै केहि स्थानमा समस्या रहेको प्रमुख पाण्डेले बताए ।

‘अन्य ठाउँका विद्युत आपूर्तिमा समस्या हुँदा बिजुली बन्द हुने समस्या हटेको नो लाईट प्रमुख रसमोहन तिवारीले जानकारी दिए । उनले भने ‘अब अन्य ठाउँका विद्युतीय ट्रान्समिटर मर्मत गर्दा बिजुली बन्द गर्नुपर्ने र व्यापार, व्यवसायका साथै विद्युतीय कार्यहरू रोक्नुपर्ने छैन ।

पुरानो र एकल जडानले छिनछिनमा लाइन झ्याप्‍पझ्‍याप्प

तनहुँको दमौली बजार क्षेत्रसँगै जिल्लाभर नै हावाहुरी, आकाश गर्जिन थालेपछि छिनछिनमै लाइन जाने समस्या हुने गरेको थियो । अब दमौलीमा नयाँ सिटी फिडर राखिएको छ ।

सिटि फिडरले अब दमौलीमा झ्याप्‍पझ्‍याप्प लाइन समस्या नहुने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तनहुँ दमौलीका प्रमुख कपिल पाण्डेले जानकारी दिए ।

हावाहुरी, चट्याङ, आकाश गर्जिन सुरु गरेसँगै विद्युतीय लाइन आउने जाने समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र लागिपरेको प्रमुख पाण्डेले बताए ।

पाण्डेका अनुसार विद्युत् जडान प्रणाली पुरानो र एकल हुँदा एक ठाउँको विद्युत् प्रवाहमा समस्या भएको खण्डमा छिनछिनमा लाइन जाने गरेको हो । ग्रामीण क्षेत्रमा हावाहुरीले बढी प्रभाव पार्ने भएकोले समस्या पत्ता लगाउन बन्द गरेर पहिचान गरी मर्मत गर्ने क्रममा छिनछिनमा लाइन जाने गरेको पाण्डेले बताए । प्रशारण लाइन लामो र कम भोल्टेज हुँदा लाइनमा समस्या बढी देखिने गरेको छ ।

हावाहुरीका कारण ग्रामीण क्षेत्रमा वितरण गरिएको प्रणालीमा बारम्बार समस्या भएको पाण्डेले बताए । ‘वर्षा र हावाहुरीका कारण प्राधिकरणको इन्सुलेटर तथा वितरण प्रणालीमा समस्या आउने गरेको छ ।’ पाण्डेले भने ‘वर्षाको समयमा सामान्य समस्याहरू आई नै रहन्छन् ।’

काठको पोल पूर्ण रूपमा विस्थापित गरिने

तनहुँ जिल्लाभित्रको काठका पोल पूर्णरूपमा विस्थापित गरिने भएको छ । ग्रामीण क्षेत्रमा काठको पोल राखेर विद्युत् प्रवाह गरिएकोले छिट्टै नै विस्थापित गर्ने तयारीमा लागिपरेको नेपाल विद्युत् प्राधिकरण दमौली वितरण केन्द्र तनहुँले जनाएको छ । जिल्लामा करिब २ हजार काठका पोल रहेको वितरण केन्द्रका प्रमुख पाण्डेले जानकारी दिए । ‘सबैभन्दा धेरै काठको पोल व्यास नगरपालिकामा छ ।’ प्रमुख पाण्डेले भने ‘अब चाडै नै काठको पोल विस्तापित गर्ने तयारि छ ।’

अहिले जिल्लामा ९० प्रतिशत विद्युतीकरण भइसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ