तनहुँमा जिल्ला बाहिरबाट आलु प्याज ल्याउने ट्रक नियन्त्रणमा, दमौलीको गोदाम सिल

तनहुँमा जिल्ला बाहिरबाट आलु प्याज ल्याउने ट्रक नियन्त्रणमा, दमौलीको गोदाम सिल

Truck alu

तनहुँ । तनहुँको व्यास नगरपालिकाले दमौलीमा जिल्ला बाहिरबाट आलु, प्याजलाई ल्याएको ट्रकलाई नियन्त्रणमा लिएर एक गोदाम सिल गरेको छ ।

कोराना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन र रोकथामका लागि जिल्ला बाहिरबाट तरकारी, पशुपंक्षी ल्याउन रोक लगाइए पनि निर्णय विपरीत ल्याइएको वस्तु नियन्त्रणमा लिई गोदम सिल गरिएको हो ।

नगरपालिकाको वडा नं. ३ स्थित महर्षि टोलमा तरकारी तथा खाद्यन्‍न पसल सञ्चालन गर्दै आएका मुन्‍निलाल साह रोनियाले ग १ क ३५१४ नम्बरको ट्रकमा भैरवहाबाट २ सय ७५ बोरा प्याज, ४ बोरा आलु र ६५ बोरा चामल ल्याएको सूचना पाएपछि उपप्रमुख जोशी सहितको टोलीले गोदामको अनुगमन गरेका थिए ।

निर्णय विपरीत भारतीय सीमाबाट आलु, प्याज लगायतका खाद्यवस्तु ल्याइको पाएकाले नियन्त्रणमा लिई गोदाम सिल गरिएको व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले बताइन् ।

अहिले उक्त ट्रक व्यास नगरपालिका परिसरमा रहेको छ ।

व्यास नगरपालिकाको नेतृत्वमा गत शनिबार दमौलीमा बसेको स्थानीय तह, सुरक्षा निकाय तथा स्थानीय उद्योगी व्यवसायी समेतको बैठकले जिल्ला बाहिरबाट आयत गर्ने तरकारीलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

बैठकले जिल्लामै उत्पादित तरकारीलाई व्यवस्थित रुपमा बजारीकरण गर्ने समेत निर्णय गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds