दमौलीमा जिल्ला बाहिरबाट तरकारी र फलफुल ल्याउने ५ जिप र ट्रक व्यास नगरप्रहरीको नियन्त्रणमा

दमौलीमा जिल्ला बाहिरबाट तरकारी र फलफुल ल्याउने ५ जिप र ट्रक व्यास नगरप्रहरीको नियन्त्रणमा

Jeep ra Truck Vyas Police

व्यास नगरपालिकाको नगरप्रहरीले दमौलीमा तनहुँ जिल्ला बाहिरबाट तरकारी र फलफुल ल्याएको भन्दै नियन्त्रणमा लिएको सवारी।

किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाको नगरप्रहरीले दमौलीमा जिल्ला बाहिरबाट तरकारी र फलफुल ल्याएको सवारीलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान व्यास नगरपालिकाको वडा नम्बर २ र ३ स्थित दमौलि बजारमा बाहिरि जिल्लाबाट ल्याइएको तरकारी अनलोड गर्ने क्रममा तरकारी सहित सवारी नियन्त्रणमा लिइएको व्यास नगरप्रहरी सहायक निरिक्षक आशिक परियारले जानकारी दिए ।

कोराना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन र रोकथामका लागि जिल्ला बाहिरबाट तरकारी, पशुपंक्षी ल्याउन रोक लगाइए पनि निर्णय विपरीत ल्याइएको वस्तु नियन्त्रणमा लिइएको नगरप्रहरी सहायक निरिक्षक परियारले बताए ।

२ वटा सवारीमा भरि तरकारीका क्रेट र अन्यमा आधा जति बाकि रहेको नगरप्रहरी सहायक निरिक्षक परियारले बताए ।

नगरप्रहरीले व्यास-२ र व्यास-३ बाट लु १ च ३२९४, ग १ ख ४५३६, ग ३ च १७१०, ग ३ च ७५९ र ग १ ख ८९५१ नम्बरको ५ वटा सवारी(जिप र मिनिट्रक) नियन्त्रणमा लिएको थियो ।

तरकारी जन्य सामाग्री अब उप्रान्त नल्याउने र ल्याए जुन सुकै कारबाही भोग्न तयार रहेको र उक्त सामाग्री व्यास नगरपालिकाको रोहोबरमा सिमाना कटाउन मजुर भनि सहिछाप गरि उक्त सामाग्री फिर्ता पठाइएको व्यास नगरपालिकाकी उपप्रमुख एवं बजार अनुगमन समितिकी संयोजक मिरा जोशीले बताइन् ।

‘अबदेखि आउदैनम भनेर सहिछाप गराएका छौ ।’ उपप्रमुख जोशीले भनिन ‘व्यास नगरपालिका क्षेत्रमा बिक्रि गर्न पाइदैन भनेर नाका कटाएका छौ ।’

निर्णय विपरीत बाहिरी जिल्ला चितवन, भैरहवा लगाएतका ठाउँबाट तरकारी र फलफुल लगायत ल्याइएको पाएकाले नियन्त्रणमा लिई फिर्ता पठाईएको उपप्रमुख जोशीले बताइन् ।

खाद्यान्नको सवारी भन्दै बिचबिचमा तरकारी र फलफुल समेत राख्ने गरेको भेटिएको उपप्रमुख जोशीले जानकारी दिईन । उपप्रमुख जोशीले भनिन ‘आफु सचेत नभएसम्म महामारी र महँगीबाट जोगिन सकिदैन ।’

व्यास नगरपालिकाको नेतृत्वमा गत शनिबार दमौलीमा बसेको स्थानीय तह, सुरक्षा निकाय तथा स्थानीय उद्योगी व्यवसायी समेतको बैठकले जिल्ला बाहिरबाट आयत गर्ने तरकारीलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकले जिल्लामै उत्पादित तरकारीलाई व्यवस्थित रुपमा बजारीकरण गर्ने समेत निर्णय गरेको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लाका स्थानीय तहहरुले देशका विभिन्न भागबाट आउने तरकारी जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेका छन् । पृथ्वीराजमार्गको मुग्लिन पुलबाटनै तरकारी तथा पशुपञ्क्षी गण्डकी प्रदेश प्रवेशमा रोक लगाइएको छ ।

भारत तथा चीनबाट आउने तरकारी समेत देश भित्रैको भनेर आउनथालेपछि जोखिमबाट जोगिन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । उनले भने, ‘जिल्लाका लागि आवश्यक तरकारी यही नै उत्पादन हुने र यहाँ उत्पादित तरकारी अहिले अन्य जिल्लामा निर्यात समेत नभएको अवस्थालाई ख्याल गरी जिल्लाका स्थानीय तह तथा अन्य सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरिएको हो।’

‘जिल्लाबासीको सुरक्षालाई मध्यनजर गर्दै अन्य जिल्लाबाट आउने तरकारी तथा फलफूललाई रोक लगाइएको हो’, उनले भने, ‘जिल्ला भित्रका कृषकहरुले आफुले उत्पादन गरेको तरकारी सिधै मण्डीमा अथवा उपभोक्ताको घरघरमा लगेर बिक्री बितरण गर्न सक्ने छन् ।’

बिहिबार मात्रै व्यास नगरपालिकाले दमौलीमा जिल्ला बाहिरबाट आलु, प्याजलाई ल्याएको ट्रकलाई नियन्त्रणमा लिएर एक गोदाम सिल गरेको थियो ।

नगरपालिकाको वडा नं. ३ स्थित महर्षि टोलमा तरकारी तथा खाद्यन्‍न पसल सञ्चालन गर्दै आएका मुन्‍निलाल साह रोनियाले ग १ क ३५१४ नम्बरको ट्रकमा भैरवहाबाट ल्याएको २ सय ७५ बोरा प्याज, ४ बोरा आलु र ६५ बोरा चामल सहित ट्रक नियन्त्रणमा लिएर गोदाम सिल गरेको थियो ।

जिल्ला भित्रको उत्पादन विक्री वितरण र ढुवानीमा सहजीकरण गर्न व्यासको अनुरोध

व्यास नगरपालिकाले शुक्रबार प्रेस विज्ञप्ति जारि गर्दै जिल्ला भित्रको उत्पादन विक्री वितरण र ढुवानीमा सहजीकरण गर्न अनुरोध गरेको छ ।

जिल्ला भित्र उत्पादन हुने दुध, तरकारी, माछामासु, फलफुल लगाएतका वस्तु र खाद्यान्न सामाग्री सहज विक्री वितरण र ढुवानीमा सहजीकरण गर्न नगरपालिकाले अनुरोध गरेको हो ।

व्यास नगरपालिका भित्र जिल्ला बाहिरको तरकारी र फलफुल प्रवेश निषेध गरिएको हुदाँ पुर्ण पालना गर्न अनुरोध समेत गरेको छ । यदि उक्त नियम पालना नगरे नियमानुसार कारबाहि हुने व्यास नगरपालिकाले जारि गरेको विज्ञप्तिमा जनाइएको छ ।

दमौलीमा जिल्ला बाहिरबाट तरकारी र फलफुल ल्याउने ५ जिप र ट्रक व्यास नगरप्रहरीको नियन्त्रणमा

तनहुँमा जिल्ला बाहिरबाट आउने तरकारी र फलफूल प्रवेशमा प्रतिबन्ध

ट्रेन्डिङ


This will close in 3 seconds