पोखरा । बरदान अनलाइन स्टोर्सले फोन पे तथा इसेवाबाट रकम भुक्तानी गर्ने ग्राहकलाई विशेष अफर ल्याएको छ ।
नयाँ वर्षको दिन देखि पोखरामा दैनिक उपभोग्य सामान नि:शुल्क रुपमा होम डेलिभरी थालेको बरदानले फोन पे र इसेवामा ५ प्रतिशत क्यास ब्याक दिने भएको हो ।

कोरोना भाइरसको महामारी रोक्नका लागि नेपालमा चैत ११ बाट लकडाउन गरिएको छ । यस अवस्थामा पसलमा गएर सामान किन्न गार्हो पर्ने हुँदा बरदानले होम डेलिभरीको सेवा सुरु गरेको हो ।
अहिलेसम्म वरदानमा ३ सय भन्दा बढी अर्डर आउने गरेको छ । दैनिक करिब २५ वटा अर्डर आउने गरेको स्टोर्सका संचालक सन्जिव पौडेलले जानकारी दिएका छन् । सबैभन्दा बढी अर्डर मम र ससेजको आउने गरेको उनले सुनाए ।

`अहिले सम्म ३ सय बढी अर्डर हामिले लिएका छौँ, दैनिक २५ वटा जति अर्डर हामीकहाँ आइपुग्छ ।´ पौडेलले भने,`अब फोन पे र इसेवाबाट पैसा तिर्ने ग्राहकलाई क्यास ब्याकको सेवा ल्याएका छौँ ।´

१ हजार रुपैँया माथिको सामान अर्डर गरेमा फ्रि होम डेलिभरि गरिदिने गरेको स्टोर्सका सञ्चालक पौडेलले जानकारी गराएका छन् । उनका अनुसार १ हजार भन्दा कम शुल्क बराबरको सामान अर्डर गरेमा १ सय रुपैँया डेलिभरि चार्ज स्वरुप बुझाउनु पर्ने छ । ` १ हजार भन्दा बढिको अर्डरलाई निशुल्क डेलिभरी गरिदिएका छौं र सो भन्दा कम मूल्यको अर्डरमा १ सय रुपैयाँ लिएका छौँ ।´ संचालक पौडेलले ।

अहिले दुई जनाले डेलिभरी गरिदिने काम गरिरहेका छन्। कोरोनाबाट बच्न पिपिई जस्तै ज्याकेट लगाएर डेलिभरी गर्ने गरेका छन् । यस्तै अर्डर गरिने सामानलाई लैजानु अगाडि स्यानिटाइज गर्ने गरिएको छ ।
ग्राहकले स्टोर्सको वेभसाइट www.bardanstore.com तथा मोबाइल नम्बर ९८०२०९६२७७ मा सम्पर्क गरी अर्डर गर्न सक्नेछन् ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?