पोखरा । बरदान अनलाइन स्टोर्सले फोन पे तथा इसेवाबाट रकम भुक्तानी गर्ने ग्राहकलाई विशेष अफर ल्याएको छ ।
नयाँ वर्षको दिन देखि पोखरामा दैनिक उपभोग्य सामान नि:शुल्क रुपमा होम डेलिभरी थालेको बरदानले फोन पे र इसेवामा ५ प्रतिशत क्यास ब्याक दिने भएको हो ।

कोरोना भाइरसको महामारी रोक्नका लागि नेपालमा चैत ११ बाट लकडाउन गरिएको छ । यस अवस्थामा पसलमा गएर सामान किन्न गार्हो पर्ने हुँदा बरदानले होम डेलिभरीको सेवा सुरु गरेको हो ।
अहिलेसम्म वरदानमा ३ सय भन्दा बढी अर्डर आउने गरेको छ । दैनिक करिब २५ वटा अर्डर आउने गरेको स्टोर्सका संचालक सन्जिव पौडेलले जानकारी दिएका छन् । सबैभन्दा बढी अर्डर मम र ससेजको आउने गरेको उनले सुनाए ।

`अहिले सम्म ३ सय बढी अर्डर हामिले लिएका छौँ, दैनिक २५ वटा जति अर्डर हामीकहाँ आइपुग्छ ।´ पौडेलले भने,`अब फोन पे र इसेवाबाट पैसा तिर्ने ग्राहकलाई क्यास ब्याकको सेवा ल्याएका छौँ ।´

१ हजार रुपैँया माथिको सामान अर्डर गरेमा फ्रि होम डेलिभरि गरिदिने गरेको स्टोर्सका सञ्चालक पौडेलले जानकारी गराएका छन् । उनका अनुसार १ हजार भन्दा कम शुल्क बराबरको सामान अर्डर गरेमा १ सय रुपैँया डेलिभरि चार्ज स्वरुप बुझाउनु पर्ने छ । ` १ हजार भन्दा बढिको अर्डरलाई निशुल्क डेलिभरी गरिदिएका छौं र सो भन्दा कम मूल्यको अर्डरमा १ सय रुपैयाँ लिएका छौँ ।´ संचालक पौडेलले ।

अहिले दुई जनाले डेलिभरी गरिदिने काम गरिरहेका छन्। कोरोनाबाट बच्न पिपिई जस्तै ज्याकेट लगाएर डेलिभरी गर्ने गरेका छन् । यस्तै अर्डर गरिने सामानलाई लैजानु अगाडि स्यानिटाइज गर्ने गरिएको छ ।
ग्राहकले स्टोर्सको वेभसाइट www.bardanstore.com तथा मोबाइल नम्बर ९८०२०९६२७७ मा सम्पर्क गरी अर्डर गर्न सक्नेछन् ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन