तनहुँको भानुमा कुखुरा फार्ममा आगलागि हुँदा १ हजार कुखुरा जलेर नष्ट

तनहुँको भानुमा कुखुरा फार्ममा आगलागि हुँदा १ हजार कुखुरा जलेर नष्ट

Kukhura Farm bhanu

तनहुँ । तनहुँको भानु नगरपालिका-२ स्थित भकुन्थोकको एक कुखुरा फार्ममा शुक्रबार बिहान आगलागी भएको छ ।

आगलागीबाट खोरमा रहेका एक हजार ब्रोइलर कुखुरा जलेर नष्ट भएका छन् ।

आगलागीबाट भौतिक संरचना तथा कुखुरा गरी करीब सात लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विद्युत् चुहिएर अन्दाजी ३ बजे आगलागी भएको थाहा पाएको कुखुरा व्यवसायी हरि बस्यालले बताए ।

खरको छानो रहेकाले कुखुराको खोर सजिलै जलेर पूर्ण नष्ट भएको भानु-२ का वडा अध्यक्ष अर्जुनबहादुर केसीले बताए ।

ती कुखुरा ३७ दिनका थिए । खोरका कुखुरामध्ये १५/२० मात्रै जीवित भेटिएको थियो । कृषकलाई क्षतिपूर्तिका लागि नगरपालिकामा पहल गरिने वडाअध्यक्ष केसीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds