तनहुँ । तनहुँको दमौली आइपुगेका १० जना भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । गत बिहीबार राति बसमार्फत तनहुँको दमौली आएका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको थियो ।
कामको सिलसिलामा दमौलीमा बसोबास गर्दै आएका उनीहरु घर जाने भन्दै बुधबार बस चढेर गए पनि कोसी ब्यारेजमा पुगेपछि प्रहरीले दमौली नै फर्काएको वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिए । जिल्लाबाट बाहिर गएर फर्किएको हुदाँ क्वारेन्टाइनमा राखिएको वडाअध्यक्ष न्यौपानेले बताए ।
भारतीय नागरिकलाई शुक्रबार व्यास नगरपालिका ४ स्थित मदर्सा प्राथमिक विद्यालयमा बनाइएको क्वारेन्टाइन राखिएको व्यास-४ की वडासदस्य बसुन्धरा घर्तीले जानकारी दिईन ।
ती भारतीय नागरिक केही वर्षदेखि यहाँ काम गर्दै आएका थिए तर बुधबार घर जान हिँडेका हुन् । उनीहरुलाई कोसी ब्यारेजमा पुगेपछि जहाँबाट आएको त्यहीँ गएर बस्नू भनेर प्रहरीले फर्काइएपछि उनीहरु दमौली फर्किएका हुन् ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई न्यूनीकरण गर्न उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । ‘उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिन्छ ।’ प्रजिअ अधिकारिले भने ‘सुरक्षित साथ राखेर स्वास्थ्य परिक्षण समेत गरिनेछ ।’
व्यास संगै अन्य स्थानिय तहमा समेत क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
दमौलीमा मधुमेह र थाइराइड सित्तैमा जाँच
पुन मगर समाजको ब्याडमिन्टन कभर्ड हल उद्घाटन
पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर, १ सय २५ जनालाई स्वास्थ्य सेवा
भिटोफ गण्डकीको दशौं साधारण सभा धिताल गाउँमा सम्पन्न
२५ करोडमा बन्दैछ गण्डकी प्रदेशको संसद भवन
यो पनि पढौँ
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य