तनहुँ । तनहुँको दमौली आइपुगेका १० जना भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । गत बिहीबार राति बसमार्फत तनहुँको दमौली आएका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको थियो ।
कामको सिलसिलामा दमौलीमा बसोबास गर्दै आएका उनीहरु घर जाने भन्दै बुधबार बस चढेर गए पनि कोसी ब्यारेजमा पुगेपछि प्रहरीले दमौली नै फर्काएको वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिए । जिल्लाबाट बाहिर गएर फर्किएको हुदाँ क्वारेन्टाइनमा राखिएको वडाअध्यक्ष न्यौपानेले बताए ।
भारतीय नागरिकलाई शुक्रबार व्यास नगरपालिका ४ स्थित मदर्सा प्राथमिक विद्यालयमा बनाइएको क्वारेन्टाइन राखिएको व्यास-४ की वडासदस्य बसुन्धरा घर्तीले जानकारी दिईन ।
ती भारतीय नागरिक केही वर्षदेखि यहाँ काम गर्दै आएका थिए तर बुधबार घर जान हिँडेका हुन् । उनीहरुलाई कोसी ब्यारेजमा पुगेपछि जहाँबाट आएको त्यहीँ गएर बस्नू भनेर प्रहरीले फर्काइएपछि उनीहरु दमौली फर्किएका हुन् ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई न्यूनीकरण गर्न उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । ‘उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिन्छ ।’ प्रजिअ अधिकारिले भने ‘सुरक्षित साथ राखेर स्वास्थ्य परिक्षण समेत गरिनेछ ।’
व्यास संगै अन्य स्थानिय तहमा समेत क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन